arrow

त्रिबिमा बिएस्सीको प्रवेश परिक्षा पुनः हुँदै, मौका नगुमाउन आग्रह

logo
प्रकाशित २०७५ माघ २३ बुधबार
tribhuvan-university.jpg

काठमाडौं। त्रिभुवन विश्वविद्यालय, बिज्ञान तथा प्रविधी अध्ययन संस्थानले बिएस्सीको प्रवेश परिक्षा पुन गराउने भएको छ। 

संस्थान अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहमा बार्षिक परिक्षा प्रणाली अनुसार पठनपाठन हुने बिज्ञानतर्फको चार बर्षे स्नातक तह बिएस्सी २०७५ मा भर्नाका लागि केही क्याम्पसहरुमा कोटा रिक्त रहेको भन्दै पुनः प्रवेश परीक्षा गर्न लागिएको हो। 

एकाति कोटा रिक्त रहेको र अर्कोतिर योग्यता पुगेका बिद्यार्थीहरु सम्पर्कमा समेत रहेकोले एकपटक उक्त बिद्यार्थीहरुलाइ प्रवेश परिक्षा लिइ भर्ना गर्ने अबसर प्नदान गरिदिन विभिन्न क्याम्पसहरुबाट माग भई आएको भन्दै संस्थानले प्रवेश परिक्षा लिने गरि व्यवस्था मिलाएको हो। 

संस्थानका सहायक डीन प्रा डा रामनारायण झाले जारी गरेको सूचनामा प्रवेश परिक्षा आंगिक क्याम्पसहरुमा मात्र हुने हुँदा सम्बन्धन प्राप्त क्याम्पसहरुमा कोटा रिक्त रहेको भए नजिकको आंगिक क्याम्पसमा फारम भरी सोहि क्याम्पसबाट प्रवेश परिक्षा दिन भनिएको छ। 

विज्ञान विषय पढाइ हुने अस्कल क्याम्पसका नेविसंघका नेता प्रकाश अर्यालले पुनः प्रवेश परिक्षाको मौका नगुमाउन इच्छुक विद्यार्थीहरुलाई आग्रह गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ