arrow

एक पक्षले अर्को पक्षको कुरा काटेर विकास हुँदैन – कांग्रेस सांसद रावल

logo
देवानन्द न्यौपाने
प्रकाशित २०७५ माघ २३ बुधबार
ranabahadur-rawal-samsad-congress.jpg

कैलाली । नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेशका संसदिय दलका नेता सांसद  डा रणबहादुर रावलले टीकापुर बहुमुखी क्याम्पसको विकासको लागि सक्दो पहल गर्ने बताएका छन् । 

टीकापुर बहुमुखी क्याम्पसको १७ औं वार्षिकोत्सव कार्यक्रममाको एक भब्य समारोहका बीच उद्घाट्न गदै मंगलबार सांसद रावलले पक्ष र विपक्ष नभई विकासको सवालमा एक हुनु पर्नेमा जोड दिएका थिए । एक पक्षले अर्को पक्षको कुरा काटेर विकास नहुने बताउँदै सांसद रावलले क्याम्पसको विकासका लागि आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता गरेका थिए ।

राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा यस टीकापुर क्षेत्रलाई चिनाउन टीकापुर बहुमुखी क्याम्पसको महत्वपुर्ण भुमिका रहेको बताउँदै गौरवको रुपमा रहेको शैक्षिक सम्पतिको विकासको लागि सबै लाग्नु पर्ने बताए । तीन सय ८० विगाहा आफ्नै जग्गा रहेको क्यापसको भविष्य पनि उज्जल नै रहेको बताउँदै उनले क्याम्पसको अतिक्रमित जग्गा खाली गराउनदेखि भौतिक संरचना बनाउनका लागि लाग्नु पर्ने बताए ।

क्याम्पस निमार्णमा सबै टीकापुरवासीको महत्वपूर्ण सहयोग रहेको र आउँदा दिनमा समेत यस्तै सहयोग सबैबाट हुनु पर्नेमा जोड दिए । सांसद रावलले क्याम्पस स्थापना गर्दै गर्दा र स्थापनापछि क्याम्पसको विकास र बृद्धिका लागि योगदान पुर्याउने ब्यक्तिलाई स्मरण गर्दै  देशमा दुई तिहाईको सरकार हुँदा समेत देशमा संघियता लागु भए पनि केन्द्र सरकारले सुदुरपश्चिमलाई हेर्ने नजर फेरिन नसकेको बताए । यस क्षेत्रको विकासको लागि नेपाली काँग्रेस सरकारमा नभएपनि विकास र्निमाणमा महत्वपुर्ण भुमिका निर्बाह गर्दै आएको उनले बताए । 


 
सुदुरपश्चिमाञ्चल विश्वविद्यालय कृषि संकायका डीन श्यामशंकर झाले कृषि कार्यक्रमलाई सफल बनाउनका लागि यस क्षेत्रका नागरिकहरुले साथ दिनुपर्ने बताए ।

टीकापुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख केशरबहादुर कुँवरको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रममा टीकापुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष गंगाराम आचार्य, निवर्तमान क्याम्पस व्यवस्थापन समिति अध्यक्ष नवलबहादुर खड्का, टीकापुर बहुमुखी क्याम्पस प्राध्यापक संघ इकाई समिति सभापति रामप्रसाद तिवारी, कर्मचारी संघ इकाई सभापति ध्रुवबहादुर रावल, टीकापुर बहुमुखी क्याम्पस स्ववियु सभापति सुरेशप्रसाद शर्मा, बीरेन्द्र बहुमुखी क्याम्पस स्ववियू सभापति धनन्जय रिमाल, नेपाल विद्यार्थि संघकी केन्द्रीय सदस्य सुशिला गिरी, अल्मुनाई अध्यक्ष अनिल कोइराला, विद्यार्थी नेता अनेरास्वीयुका क्याम्पस इकाई अध्यक्ष पहलसिंह धामी, नेपाल विद्यार्थि संघका क्याम्पस इकाई सभापति भक्तराज देवकोटा, अखिल क्रन्तिकारी विप्लप समुहका क्यापस ईकाइ अध्यक्ष पदम काफ्ले लगायतले शुभकामना मन्तव्य ब्यक्त गरे ।

वार्षिकोत्सव कार्यक्रममा निवर्तमान अध्यक्ष नवलबहादुर खड्का, विद्यार्थी लोकेन्द्र शाही र सीता विष्टलाई सम्मान गरिएको थियो । कार्यक्रममा १० हजार ५ रुपैयाको यो वर्षको धनञ्जय शारदा गरिब तथा जेहेन्दार विद्यार्थी पुरस्कार शिक्षाशास्त्र संकाय प्रथम वर्षमा अध्यायनरत विद्यार्थी शर्मिलाकुमारी रावतलाई प्रदान गरिएको छ । 

सहायक प्राध्यापक उमाकान्त भण्डारीले सञ्चालन गर्नु भएको कार्यक्रममा स्वागत सहायक क्याम्पस प्रमुख सिताराम रिमालले स्वागत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न किसिमका आ–आफ्ना प्रतिभा समेत प्रस्तुत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ