arrow

चार मन्त्री संसदको कठघरामा, ११६ प्रश्न

logo
प्रकाशित २०७५ माघ २३ बुधबार
sanghiya-samsad.png

काठमाडौं । नयाँ संसदीय प्रणालीअनुसार प्रतिनिधिसभाको बुधबारको बैठकमा चार जना विभागीय मन्त्रीहरुले संसदमा उपस्थित भएर सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदैछन् । 

गत माघ ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले सोधेका प्रश्नको जवाफ दिएर प्रश्नोत्तरको थालनी भएको थियो । प्रश्नोत्तर भने अग्रिम रुपमा टिपाउने नियम बनाइएको छ । 

प्रतिनिधिसभा नियमावली अनुसार एक दिनको प्रश्नोत्तरमा बढीमा २० वटासम्म मौखिक प्रश्न सोध्न सकिन्छ भने एउटा सांसदले बढीमा दुईवटा मात्र प्रश्न गर्न पाउँछन् । 

सांसदहरुले दर्ता गराएका लिखित प्रश्नको मन्त्रीहरुले आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा पालैपालो जवाफ दिने कार्यक्रम छ । 

दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठकमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा युवराज खतिवडा, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापामगरले सांसदले दर्ता गराएका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।

संसद सचिवालयका अनुसार सचिवालयमा मन्त्रीलाई सोध्न सांसदहरुले ८८ वटा मौखिक र २८ वटा लिखित प्रश्न दर्ता गराएका छन् ।

सचिवालयका अनुसार गृहमन्त्री थापासँग कांग्रेसकी सांसद डिला संग्रौलाले निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म पनि दोषी पत्ता लाग्न नसकेको विषयमा प्रश्न दर्ता गराएकी छिन् । 

त्यस्तै कांग्रेसकै देवेन्द्रराज कँडेलले भक्तपुरमा ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या गरिएको र लगत्तै प्रहरीको इकाउन्टरमा दोषी मारिएको विषयमा गृहमन्त्री थापाको जवाफ माग गरेका छन् ।

नेकपाकी सांसद सरिता न्यौपानेले पैतृक सम्पत्ति सम्बन्धित विषयमा माहिला बालबालिका मन्त्रीसँग जवाफ माग गरेकी छिन् । 

गृहमन्त्री थापासंग पछिल्लो हत्याहिंसा र निर्मला पन्त बलात्कारपछि हत्या भएको प्रसंग बढी जोडिएको बुझिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ