arrow

संसारका सबैभन्दा ठूला पाँच हिरा

logo
प्रकाशित २०७५ माघ २३ बुधबार
Kohinoor.jpg

काठमाडौं । हिरा एक प्रकारको पारदर्शी रत्न हो । हिरा प्रकृतिमा पाइने पदार्थहरूमध्ये सबैभन्दा कडा पदार्थ पनि हो ।  हिरा चिजै त्यस्तो हो जहाँ सजिन्छ त्यहाँ को शान अझ बढ्छ । तर हिरा पाउन त्यति सजिलो छैन ।  हिरा सेतो मात्र होइन, नीला, राता, पहेँला, हरिया, काला वा सुन्तला रङका पनि हुन्छन् । केही हिरा यस्ता छन् जसको इतिहास राजा-महाराजासँग जोडिएको छ ।

भनिन्छ हिरा आजभन्दा तीन हजार वर्ष पहिले भारतवर्षमा पत्तो लगाइएको थियो। धेरै वर्षसम्म पनि अन्य देशहरूमा हिरा फेला परेको पत्तो लागेको थिएन। सो समय हिरा भारतवर्षका सीमित व्यक्तिहरूसँग मात्र थियो। अचेल त थुप्रै मुलुकमा हिराखानी पत्तो लागिसकेको छ। यति मात्र होइन, अचेल कारखानाभित्रै पनि हिरा बनाउन थालिएको छ। यस्ता हिरालाई भने 'सिन्थेटिक डाइमण्ड' भन्ने गरिएको छ।

 
लेसोथो हिरा
लेसोथो हिरा इतिहासकै पाँचौ ठूलो हिरा हो । ९१० क्यारेक्टको यो हिरा दक्षिण अफ्रिकाको लेसोथो पहाडमा पाइएको थियो ।

कलिनन हिरा
३१०६ क्यारेक्ट को यो हिरो १९०५ मा दक्षिण अफ्रिकाको खानीमा पाइएको थियो । सो हिराको नाम खानीका मालिकको नाम 'सर थोमस कलिनन' को नामबाट राखिएको थियो । ब्रिटेनका राजालाई उपहारमा दिइएपछि सो हिरालाई दुई टुक्रामा बाढिएको थियो । यसलाई 'ग्रेट स्टार आफ अफ्रिका' र 'लेसर स्टार आफ अफ्रिका' नाम दिइयो । दुवै हिरा ब्रिटेनको  राजदरबारमा राखिएको छ ।
 
लेसी ला रोना
सन् २०१५ मा यो हिरा एक मजदुरले क्यानाडाको एक खानीमा भेटाएका थिए । यसको आकार टेनिसको बल बराबरको रहेको छ । ग्रेफ हिरा जूलरले यसलाई ६ अर्व ९ करोड मुल्यमा किनेका थिए ।  

एक्सेलसियर हिरा
यो हिरा पनि दक्षिण अफ्रिकाको खानीमा भेटिएको थियो । ९९५ क्यारेक्ट को यो हिरा २० टुक्रामा तोडिएको थियो । पछि यसको सबैभन्दा ठुलो टुक्रा ७० क्यारेक्टको टुक्रालाई २९ करोड ८९ लख रुपैयामा बेचिएको थियो ।

स्टार आफ सिएरा लियोन
यस हिराको नाम दक्षिण अफ्रिकाको एक देश सिएरा लियोनको नाममा राखिएको हो । ९६९ क्यारेक्ट यो हिरा सोहि  शहरमा भेटिएको थियो  र यो हिरालाई १७ टुक्रामा बाढियो । सबैभन्दा ठुलो टुक्रा ५४ क्यारेक्टको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ