arrow

सांसदको  गुनासो  ‘प्रधानमन्त्री कृषि आयोजनामा भ्रष्टाचार भयो, अख्तियारले कुरै सुनेन’

logo
प्रकाशित २०७५ माघ २३ बुधबार
teju_chaudhari.jpg

काठमाडौं । नेपाली काँग्रेसका सांसद तेजुलाल चौधरीले प्रधानमन्त्री कृषि आयोजनामा भ्रष्टाचार भएको आरोप लगाएका छन् । उनले बुधबारको प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै यस्तो आरोप लगाएका हुन् । 

उनले वाईडबडीमा भएको भनिएको भ्रष्टाचार के भयो ? छानविन कहाँ पुग्यो भन्दै प्रश्न गरेका छन् । उनले प्रधानमन्त्री कृषि परियोजनाको आँप जोन पद्माहा सप्तरीमा करोडौं रुपैयाँको भ्रष्टाचार भएको भएपनि सरोकारवालाले गुनासो नसुनेको आरोप समेत लगाएका छन् । 

उनले त्यहाँका स्थानीय जनता र कृषकले सिडियो, इटहरीको अख्तियार र केन्द्रको अख्तियारलाई समेत गुहारेको भएपनि त्यो विषयमा अख्तियारले समेत केही पनि नहेरेको गुनासो उनले गरे । उनले कृषकको नाममा आएको करोडौं रुपैयाँ भ्रष्टाचार गर्नेलाई सरकारले जुन किसिमको नारा दिने गरेको छ भ्रष्टाचार विरुद्ध सोही नारा अनुरुप कारबाही अघि बढाओस् भन्दै सरकारसँग माग गरेका छन् । 

त्यस्तै काँग्रेस सांसदहरुले नै मुलुकमा संकटोन्मुख अर्थतन्त्रको त्रास देखिँदै आएको बेला यो विषयबारे संसदमा समेत चर्चा गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्ने सांसदहरुले यस विषयमा सर्वदलीय छलफल गरेर हुन्छ या कसरी हुन्छ । यसको समाधान गर्न माग गरेका हुन् । 

मुलुकमा आयात बढेको र निर्यात घटेको, पहिलो पटक बैंकको व्याज बढेको विषयमा व्यवसायीहरु सडकमा आएको, वैदेशिक मुद्रा सिञ्चिती न्यून हुँदै जाँदा अर्थतन्त्र संकटमा परेको विषय संसद्मा उठेको हो । यसको समयमा नै समाधान गर्न नसक्ने हो भने यसले छिट्टै गम्भीर समस्या निम्त्याउने चेतावनी जानकारहरुले दिएका छन् । 

बैठकमा बोल्दै सांसद दिव्यमणि राजभण्डारीले एक वर्षदेखि सरकारको आर्थिक स्थिती चिन्ताजनक रहेको आरोप लगाए । उनले उत्पादन बढेको देखिन्छ तर तुलनात्मक रुपमा त्यसबाट आउने राजश्व घटिरहेको बताए, निर्यात र रेमिट्यान्स बढेको छ तर बैदेशिक मुद्राको सिञ्चिती घटिरहेको भन्दै अहिलेको यो अर्थतन्त्रको समस्याले दीर्घकालसम्म नेपाललाई असर गर्ने भन्दै यस विषयमा अन्य पक्षहरुसँगै सर्वदलीय छलफल पनि होस् भन्ने माग भण्डारीको थियो । 

त्यस्तै सांसद डिला संग्रौलाले दुई तिहाईको सरकारले आर्थिक विकासमा फड्को मार्छ भन्ने जनताको भरोसा टुटिसकेको आरोप लगाईन् । ‘अहिले व्यापार घाटा बढेको, शोधनान्तर घाटा बढी भएको, विकास खर्च कम भएको, विदेशी लगानी खुम्चिँदै गएको, तरलताको अभावले निर्माण सामग्री र उपभोग्य समााग्रीको विक्री घटेको छ ।’ संग्रौलाले भनिन् ‘अहिले नेपाली उद्योग व्यवसायीहरु समेत निराश रहेको बेलामा सरकारको सुखी नेपाली सम्बृद्ध नेपालको परिकल्पना पूरा हुनस सक्छ रु’  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ