arrow

खुला केन्द्रीय सदस्यको मत गणना जारी , प्रकाशमान सिंह र प्रदीप पौडेललाई प्रारम्भिक अग्रता

logo
प्रकाशित २०७२ फागुन २६ बुधबार
congres-mat-ganana.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य खुलातर्फको मत गणना जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपमा जारी मत गणनामा प्रकाशमान सिंह, प्रदीप पौडेलले प्रारम्भिक अग्रता लिएको निर्वाचन समिति सचिव प्रदीप पराजुलीले जानकारी दिए । पूर्ण मत परिणाम विहिबार मात्रै आउने बताइएको छ  । एकै ठाउँमा मत गणना, ९० जनाबाट २५ जनाको नतिजा निकाल्नु पर्ने र एउटै मतपत्रमा ९० जनाको नाम हेर्नु पर्ने भएकाले मत गणनामा ढिलाई भइरहेको बताइएको छ ।  नयाँ कार्यसमितिका लागि गत आइतबार भएको निर्वाचनमा ३१ सय ४८ मतदाताले मताधिकार प्रयोग गरेका थिए । 
५० मत गन्दा 
प्रकाशमान सिंह– ३६
प्रदीप पौडेल– ३६
सुजाता कोइराला– ३४
महेश आचार्य– ३२
शेखर कोइराला– २९
विमलेन्द्र निधि– २९
खुमबहादुर खड्का– २९
मिनेन्द्र रिजाल– २९
रामशरण महत– २८
नारायण खड्का– २८
धनराज गुरुङ– २७
बालकृष्ण खाँड– २६
प्रकाशशरण महत– २५
प्रदीप गिरी– २५
गोपालमान श्रेष्ठ– २५
बद्रि पाण्डे– २५
बलबहादुर केसी– २५
पूर्णबहादुर खड्का– २४ 
डा. गोबिन्द पोखरेल-२२
जिछिरिङ लामा- २२
एन पी सावद- २२
केवी गुरुङ- २२
उदय राणा- २२
बिश्वप्रकाश शर्मा २१
शंकर भण्डारी- २१

 



नयाँ