arrow

को हुन् गान्धीको फोटोमा गोली चलाउने पूजा

logo
प्रकाशित २०७५ माघ २३ बुधबार
Pooja_Shakun_pande.jpg

काठमाडौं । भारतका राष्ट्रपिता भनिने महात्मा गान्धीको पोस्टर चलाएको मामिलामा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । अखिलभारत हिन्दू महासभाकी राष्ट्रिय सचिव पूजा शकुन पाण्डेय र उनका पति अशोक पाण्डेय पक्राउ परेका हुन् ।
 
गान्धीको पुण्यतिथिको अवसरमा अखिल भारत हिन्दू महासभाकी राष्ट्रिय सचिवले पति तथा अन्य पदाधिकारीको साथमा उनको हत्याको अभिनय गरेकी थिइन् । सो मामिलामा पूजा र अशोकका साथमा १० जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । सातजनालाई यसअघि नै पक्राउ गरिसकेको छ । फरार रहेका उनीहरुलाई पनि मंगलबार पक्राउ गरिएको हो ।

उनीहरु प्रहरीबाट बच्नका लागि विभिन्न बाहनाको खोजीमा रहेको प्रहरीले बताएको छ । मोबाइलको लोकेशनको आधारमा उनीहरुलाई दिल्लीबाट पक्राउ गरिएको हो । बुधबार उनीहरुमाथि सोधपुछ हुनेछ ।  उक्त मुद्दामा ८ फेब्रुअरीमा सुनुवाईको तारिख तोकिएको छ । अदालतले उनीहरुलाई मंगलबारसम्म आत्मसमर्पणको लागि समय दिएको थियो ।

पूजाका वकिलले भने यो मुद्दा खारेजीको माग गरेका छन् । महात्मा गान्धीको हत्याको नाटक गर्नु कुनै अपराध नरहेको र चुनाव आउँदै गरेकोअवस्थामा उनलाई फसाउने षडयन्त्र भइरहेको उनले बताएका छन् । साथै प्रहरीसँग यसको प्रत्यक्षदर्शी कोही पनि नभएको बताएका छन् ।
 
दुई कार्यकर्ताले अदालतमा धरौटीमा रिहाको लागि निवेदन दिएका छन् । उनीहरुको निवेदन पास भएसँगै उनीहरु रिहा हुनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ