arrow

सत्य निरुपण संशोधन विधेयक पारित

logo
रासस,
प्रकाशित २०७५ माघ २३ बुधबार
trc-logo.jpg.jpeg

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक, २०७५’ लाई पारित गरेको छ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त विधेयक पेश गरेका थिए। त्यसअघि उक्त विधेयकमा सम्बन्धमा परेका संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो।

यस्तै आजको बैठकमा न्याय क्षेत्रसँग सम्बन्धित तीन वार्षिक प्रतिवेदन पेश भएको छ। प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन, २०७४-७५’, ‘न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन २०७४-७५’ र ‘लोक सेवा आयोगको उनन्साठिऔँ वार्षिक प्रतिवेदन, २०७४-७५’ पेश गरे। प्रतिनिधिसभाको अर्को बैठक यही माघ २५ गते बिहान ११ बजे बस्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ