arrow

पूरानो राजधामी भक्तपुरमा न्यायाधीश र कर्मचारी अभाव, मुद्दा फछ्र्यौट भएनन्

logo
प्रकाशित २०७२ फागुन २६ बुधबार
courts-3.jpg.jpeg
भक्तपुर । वार्षिक कम्तिमा पनि साढे दुई हजार मुद्दा दर्ता हुने भक्तपुर जिल्ला अदालतमा न्यायाधीश र कर्मचारीको अभावले मुद्दा फछ्र्यौटमा समस्या भएको छ । न्यायाधीश र कर्मचारीको अभावले अदालतमा दर्ता भएका मध्ये ६० प्रतिशत मुद्दाको मात्र फैसला हुने गरेको अदालतको तथ्याङ्कले देखाएको छ । 
 
दर्ता भएका दुई हजार ५०० मुद्दा मध्ये गत पुसभन्दा अगाडिसम्म एकजना न्यायाधीशले वार्षिक ८०० मुद्दा हेर्नुपर्ने भएपनि पुसको दोस्रो सातापछि दुई न्यायाधीशको दरबन्दी थप भयो । यद्यपि, मुद्दा फछ्र्यौटले गति लिएको छैन । अदालतमा पाँच न्यायाधीशको दरबन्दी रहेको छ । यो हिसाबले एकजनाले वार्षिक करिब ५०० मुद्दा हेर्नुपर्ने हुन्छ । बढ्दो मुद्दाको सङ्ख्या, दक्ष जनशक्तिको अभावका कारण समयमै मुद्दाको फैसला गर्न नसकिएको अदालतका श्रेस्तेदार खड्कराज अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार जिल्ला अदालत भक्तपुरमा दैनिक २०–२५ को सङ्ख्यामा मुद्दा दर्ता हुने गरेको छ । 
 
आव २०७०–०७१ मा एक हजार ४ सय १७ मुद्दा दर्ता भएकामा एक हजार ३ सय ८६ मुद्दाको फैसला भएको थियो । त्यसैगरी भक्तपुर अदालतमा आव २०७१–०७२ मा एक हजार ६ सय ८ मुद्दा दर्ता भएकामा एक हजार ५ सय ८९ मुद्दा मात्रै फैसला भएको अदालतले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ