arrow

मध्यरातमा यसरी कैद भए मलाइका अरोरा र अर्जुन कपूर

logo
प्रकाशित २०७५ माघ २४ बिहिबार
arjun-malika.jpg

काठमाडौं । बलिउडकी चर्चित आइटम गर्ल मलाइका अरोरा र अभिनेता अर्जुन कपूर मध्य रातसम्म पार्टीमा देखिएका छन् ।  बुधबार राती अबेरसम्म पार्टीमा दुवै एक साथ देखिएका हुन् । मलाइका सो पार्टीमा  करिश्मा कपूर, अर्जुन कपूरसँग देखिइन् ।  पार्टीमा अर्जुन कपूरको लुक्स खास थियो ।  

मलाइका सेतो लिबाइसमा सेक्सी देखिएकी थिइन्। पार्टीमा करिश्मा कपूरले खूब मस्ती गरिन् । सो तस्वीर पार्टीबाट बाहिरदै गर्दा क्यामरामा कैद गरिएको छ । नायक अरबाज खानसँग अलग भएपछि मलाइका अरोरा अहिले भने आफ्नो प्रेमी अर्जुन कपुरको साथमा खुलेयाम डेटिङमा मस्त छिन् ।

अर्जुन कपूर र मलाइका चाडै विवाह बन्धनमा बाधिदै छन् ।मलाइको ४५ औं जन्मदिनमा अर्जुन पनि संगै थिए । इटालीमा  जन्मदिन मनाए संगै यी दुई संगै भारत फर्किएका थिए । विभिन्न कार्यक्रम तथा पार्टीहरुमा यी दुई प्राय जसो संगै देखिने गर्छन् ।

केही दिन पहिला पनि अर्जुर र मलाइकालाई करिना कपुर, अमृता अरोडा र महीपसँग पार्टीमा देखिएको थियो। यो  जोडीले सन् २०१९ को अप्रिलमा बिहे गर्न लागेको भारतीय मिडियामा उल्लेख छ । मलाइका र अर्जुनको सम्बन्धले सलमान खान भने आक्रोशित बनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ