arrow

खानेपानी मन्त्री सिंह निर्वाचन आयोगविरुद्ध सर्वोच्च जाने

logo
प्रकाशित २०७२ फागुन २६ बुधबार
Prem-Bahadur-singh.jpg.jpeg
काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले निर्वाचन आयोगले कुनै पनि दल खारेज गर्न नसक्ने बताएका छन्  । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री सिंहले आफ्नो पार्टी खारेजीका गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध विहिबार सर्वोच्च अदालत जाने बताए । 
 
भूकम्प तथा नाकाबन्दीका कारण पार्टीले आयेगलाई आवश्यक पत्र समयमै बुझाउन नसकेको स्वीकार्दै समाजवादी जनता पार्टीका अध्यक्षसमेत रहेका मन्त्री सिंहले पार्टी खारेज गर्ने निर्णय संविधान प्रतिकूल रहेको जिकिर गरे । 
 
निर्वाचन आयोगले गत शुक्रबार गरेको निर्णयअनुसार लगातार तीन आर्थिक वर्षको आयव्यय विवरणको वार्षिक प्रतिवेदन र त्यस सम्बन्धमा निर्धारित समयमा आफ्ना भनाई पेश नगर्ने समाजवादी जनता पार्टीलगायत १५ वटा राजनीतिक दलको दर्ता खारेज गरेको थियो । 
 
मन्त्री सिंहले लोकतान्त्रिक प्रणालीमा दललाई खोरेज गर्न कसैले पनि नसक्ने दावी गर्दै निर्वाचन आयोगले राजनीतिक दलका गतिविधिमा निगरानी, सचेत र कारबाही भने गर्न सक्ने विचार राखे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ