arrow

दुई महिनापछि विश्वकै ठूलो कम्पनी बन्यो एप्पल

logo
प्रकाशित २०७५ माघ २४ बिहिबार
apple-store.jpg

काठमाडौं । एप्पल पुनः विश्वको सबैभन्दा ठूलो बजार पुँजीकरण भएको कम्पनी बनेको छ । मंगलबार एप्पल माइक्रोसफ्टलाई पछि पार्दै सबैभन्दा मूल्यवान् कम्पनी बन्न पुगेको हो ।

एप्पलधको समग्र बजार पुँजीकरण ८ खर्ब २१ अर्ब डलर पुगेको छ । जबकी माइक्रोसफ्टको समग्र बजार पुँजीकरण ८ खर्ब १९ अर्ब डलर पुगेको छ । एमजन ८ खर्ब १६ अर्ब डलरको साथमा तेस्रो स्थानमा छ ।

मंगलबार एप्पलको शेयरमा १ दशमलव ७१ प्रतिशतको वृद्धि भएको हो । गत नोभेम्बरमा एप्पललाई पछि पार्दै माइक्रोसफ्ट सबैभन्दा बढी बजार पुँजीकरण भएको कम्पनी बन्न पुगेको थियो । १६ वर्षपछि पहिलोपटक माइक्रोसफ्ट सबैभन्दा ठूलो बजार पुँजीकरण भएको कम्पनी बन्न पुगेको थियो ।

गत जनवरीमा एमजनले माइक्रोसफ्टलाई उछिन्दै पहिलो स्थानमा आएको थियो तर पुनः माइक्रोसफ्ट पहिलो स्थानमा देखिएको थियो ।

सन् २०१८ को अगष्टमा समग्र बजार पुँजीकरण १० खर्ब डलर नाघेको थियो । यो सफलता हासिल गर्ने एप्पल विश्वको दोस्रो ठूलो कम्पनी बनेको थियो । यद्यपि, आईफोनको व्यापार घटेसँगै कम्पनीले केही नोक्सानीको सामना गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ