arrow

अक्षयको देशभक्ति चलचित्र थपिदै, सूर्यवंशीमा रोहितको साथ

logo
प्रकाशित २०७५ माघ २४ बिहिबार
rohit-akshaya.jpg

काठमाडौं ।  देशभक्ति चलचित्र दिएर चर्चिमा आएका बलिउड अभिनेता अक्षय कुमारको नयाँ चलचित्र सूर्यवंशीको शुटिङ सुरु भएको छ । उनले सामाजिक सञ्जालमार्फत् यो चलचित्रको सुटिङ शुरु भएको जानकारी दिएका हुन् । सो चलचित्र रोहित शेट्टीको निर्देशनमा बन्नेछ ।
 
होलिडे, बेबी, एयरलिफ्ट, रुस्तम जस्ता चलचित्रमा देशप्रेम देखाएका अक्षरको सूर्यवंशीमा आतंकवादविरोधी भूमिका प्रमुख रहेको छ । उनले यसअघि खेलेका देशभक्तिबारे चलचित्रमा विभिन्न अफिसरको भूमिका निकै राम्रो तरिकाले निभाएका थिए । सो चलचित्रमा भने उनको प्रस्तुती कस्तो हुने हो भन्ने हेर्न बाँकी छ ।

रोहित शेट्टी आफ्नो एक्सन चलचित्रमा लागि चर्चित छन् । विशेषगरी अक्षरकुमारलाई रोहित शेट्टीजस्ता निर्देशकसँग काम गर्दाको समय धेरैले प्रतीक्षा गरेका छन् ।  रोहित शेट्टीले यसअघि सिंबाका साथै दिलवाले, सिंघम, चेन्नई एक्सप्रेस, गोलमाल सिरिज, बोल बच्चन र अल द बेस्टजस्ता चलचित्र दिइसकेका छन् ।

उनका सबै चलचित्रहरु बक्स अफिसमा राम्रो चल्ने गरेका छन् । उनले अहिलेसम्म सबैभन्दा धेरै काम अजय देवगनसँग गरेका छन् । अब अक्षयकुमारसँगको कामले उनको चलचित्र कत्तिको हिट गराउँछ भन्ने हेर्न बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ