arrow

यस्तो पहिरनमा देखिए करिना र सैफका छोरा

logo
प्रकाशित २०७५ माघ २४ बिहिबार
tamoor.JPG

काठमाडौं । सामाजिक सञ्जालमा लोकप्रिय स्टार किड तैमूर अली खान पुनः एकपटक एक फरक शैलीमा सञ्चारमाध्यममा छाएका छन् ।  पहिलोपटक तैमूर अली खान यस्तो पहिरनमा देखिएका हुन् । उनको फोटो इन्टरनेटमा छाएको छ ।

उनले लगाएको ड्याशिकी प्रिन्ट भएको सर्ट धेरैले मन पराएका थिए । यी कपडाको साथमा उनले  चस्मा पनि लगाएका थिए । यो क्रममा उनले पहिलोपटा मिडियालाई वेवास्ता गर्दै अघि बढेका थिए ।

उनीसँग उनकी आमा करिना कपुर खान र पिता सैफ अली खान पनि थिए । तैमूरको अफ्रिकी ड्याशिकी सर्टको मूल्य २ हजारदेखि ३५ सयसम्मको रहेको बताइएको छ ।

केही समयअघि सार्वजनिक भएको विवरणअनु्सार तैमूरको रेखदेख गर्ने माहिलाको तलब नै देशका प्रधानमन्त्रीको भन्दा बढी रहेको बताइएको थियो । बलिउडका स्टार आमाबाबुले तैमूरलाई सकेसम्म कुनै पनि कुराको कमी नहोस् भन्नेमा विशेष ध्यान दिने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ