arrow

अनौठो यात्रामा बोइङको ७४७–४०० प्लेन, केवल जमिनमा गुड्नेछ

logo
प्रकाशित २०७५ माघ २४ बिहिबार
boing-747.JPG

काठमाडौं । बोइङको विमान ७४७–४००ले एक अनौठो यात्रा गर्ने भएको छ । सो यात्रामा विमान हवाई यात्रामा नभई सडकमा चल्नेछ ।   मंगलवार १५० टनको यो प्लेन एम्स्टर्डम एयरपोर्टदेखि कोरन्डन भिलेज होटलको गार्डेनसम्म पुर्‍याएको छ । यो प्लेन ए९ हाइवे र एक प्रान्तीय सडकको माध्यमबाट आफ्नो गन्तव्यमा पुग्नेछ ।

नेदरल्याण्डको कम्पनीले मैमोएट सेल्फ प्रोपेल्ड ट्रेलरको मद्दतबाट यो विमानलाई फेब्रुअरी ५, ८ र ९ मा उक्त यात्रामा गराइने छ । विशेषगरी यो यात्राको अन्तिम चार घण्टा निकै महत्वपूर्ण हुनेछ । सो अवधिमा यो विमान ए९ हाइवेमा चल्नेछ । यस्तो सडकमा चल्ने यो पहिलो विमान बन्नेछ ।

आफ्नो अन्तिम गन्तव्यमा पुगेसँगै बोइङ विमान ७४७–४०० लाई ‘कोरेन्डन बोइङ ७४७ एक्सपिरियन्स’ मा परिवर्तन गरिनेछ । यो विमान २०१९ को मध्यमा पहिलोपटक सञ्चालनमा आउनेछ । यो विमान कस्तो हुनेछ भन्ने विषयमा भने अहिलेसम्म कुनै जानकारी दिइएको छैन ।

कोरेन्डन भिलेज होटल सोनीको पूर्व मुख्यालयमा गत वर्ष खेलिएको थियो । यसमा ६ सय ८० भन्दा बढी कोठा, सुइट्स र अपार्टमेन्ट छन् । यो नेदरल्याण्ड र लक्जेमवर्गको सबैभन्दा ठूलो होटल हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ