arrow

ओलीको गृह जिल्लाको बजेट पाँच अर्ब ९७ करोड

विगतमा भएका सहमति नछोड्न काँग्रेसलाई ओलीको आग्रह

logo
प्रकाशित २०७२ फागुन २६ बुधबार
Jhapa-hamrakura.jpg.jpeg
भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतका सहमति नडोड्न र प्रतिबद्ध रहन नेपाली काँग्रेसलाई आग्रह गरेका छन् । जिल्ला विकास समिति झापाको २४औँ जिल्ला परिषद्बाट स्वीकृत नीति, बजेट तथा कार्यक्रमको सार्वजनिकीकरण गर्दै प्रधानमन्त्री ओलीले मुलुकको समस्यालाई संवाद र छलफलबाट समाधान गर्न सकिने स्पष्ट पारे । 
 
अर्काे प्रसङ्गममा ओलीले उद्योग स्थापना, कृषिको आधुनिकीकरण र व्यावसायीकरणले मात्र उत्पादन बढ्ने र यसैको माध्यमबाट बजेट घाटा न्यूनीकरण गर्न सकिने बताउँदै एक वर्षभित्रमा विद्युत्भार कटौती अन्त्य गरी दुई वर्षमा नेपाललाई चाहिने विद्युत् उत्पादन गरिने जिकिर गरे । 
 
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले जिविसले विकास योजना तर्जुमा गर्दा जिल्लामा सन्तुलन कायम राख्नुपर्ने तथा सहमति र सहकार्य अवधारणालाई अवलम्बन गर्नुपर्नेमा जोड दिए । स्थानीय विकास अधिकारी खेमराज ओझाले अगामी आवका लागि पाँच अर्ब ९७ करोड छ, लाख ७६ हजारको बजेट सार्वजनिक गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ