arrow

जहाँ धारिलो चक्कुले गरिन्छ मसाज

logo
प्रकाशित २०७५ माघ २४ बिहिबार
massage.JPG

काठमाडौं । आरामको कुरा गर्दा धेरैलाई मसाजको सम्झना आउँछ । आफ्नो जीन्दगीमा अनेक किसिमका मसाजको बारेमा मानिसहरुले सुनेका र देखेका होलान् तर यहाँ एक यस्तो मसाजको विषयमा वर्णन गरिएको छ, जुन धेरैको कल्पनाभन्दा बाहिरको कुरा हो ।

ताइवानमा धारिलो चक्कुले मसाज गरिने गरिन्छ । साथै यहाँ नाइफ मसाज निकै प्रचलित पनि रहेको छ । यो मसाज गराउनु निकै अनौठो र खतरानक हुन्छ । यो मसाजका लागि मानिसहरु उल्लेख्य रकम खर्च गर्न पनि तयार हुने गरेका छन् ।

ताइवानकी हसियाओ मेई नाम गरेकी महिला मानिसहरुलाई चक्कुबाट मसाज गराउँदै आएकी छिन् । यो मसाजको न्यूनतम मूल्य ४ हजार नेपाली रुपैयाँबराबर रहेको छ ।

मेई फांगका अनुसार यो मसाज चीनको देन हो र यो तरिका २५ सय वर्ष पुरानो हो । यद्यपि उनले त्यसमा केही नयाँपन ल्याएकी छिन् । जसमा उनले एकको स्थानमा दुई चक्कुको प्रयोग गर्छिन् ।

उनका अनुसार यो मसाजले मानिसको भित्रको ऊर्जा बाहिर निस्किन्छ र हल्का महशुस गर्छ । यो मसाजले मानिसको जीवन पनि बदल्न सक्ने उनको भनाइ छ । धेरै मानिसहरुले यसलाई मसाजको रुपमा लिएको तर उनीहरुलाई यसको माध्यमबाट जीवन पनि बदल्न सकिन्छ भन्ने कुरा थाहा नभएको उनले बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ