arrow

सुदूरपश्चिममा जिपी फाउण्डेशन

logo
प्रकाशित २०७५ माघ २४ बिहिबार
Girija-koirala.jpg.jpeg

बैतडी। पूर्व प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना गरिएको ‘जिपी कोइराला फाउण्डेशन’लाई सुदूरपश्चिम प्रदेशमा विस्तार गरिएको छ । 

नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले स्थापना गर्नुभएको सो फाउण्डेशनको सुदूरपश्चिमका सबै जिल्लामा शाखा विस्तार गरिएको हो ।

सो फाउण्डेशनका सुदूरपश्चिम प्रदेश संयोजक चतुरबहादुर चन्दका अनुसार बैतडीमा विष्णुदत्त जोशी, दार्चुलामा गजेन्द्रसिंह कार्की, अछाममा यज्ञप्रसाद ढुङ्गाना, बझाङमा ध्रुवराज उपाध्याय, बाजुरामा तिलकराज पुरी, डोटीमा दुर्गा फुलारा र डडेल्धुरामा भरत नेपालीको संयोजकत्वमा समिति गठन गरिएको छ । 

प्रत्येक जिल्लामा १३/१३ सदस्यीय समिति गठन गरिएको छ। यसअघि भरत विष्टको संयोजकत्वमा कञ्चनपुरमा तथा यज्ञनिधि कोइरालाको संयोजकत्वमा कैलालीमा सो फाउण्डेशनको समिति विस्तार गरिएको सुदूरपश्चिम संयोजक चन्दले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ