arrow

खुला सदस्यको पूर्ण मत परिणाम विहिबार मात्रै, प्रदीप पौडेलको अग्रता कायमै

३२ जनाको मतको रुझान हेर्नुस्

logo
प्रकाशित २०७२ फागुन २६ बुधबार
congres-mat-ganana.jpg.jpeg
काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य खुला तर्फको पूर्ण मतपरिणाम विहिबार मात्रै आउने भएको छ । कांग्रेसको नयाँ कार्यसमितिका लागि गएको आइतबार भएको निर्वाचनको मत गणना जारी रहेपनि २५ सिटका लागि ९० जना प्रतिस्पर्धामा रहेको रहेकाले र एउटै ठाउँमा मात्रै मत गणना भइरहेकाले ढिलाई हुने भएको हो । अन्य पदसहितको पूर्ण मत परिणाम आउन थप तीन दिन लाग्ने केन्द्रीय निर्वाचन समितिको अनुमान छ । 
 
सभापतिको सोमबार राति र महामन्त्री र कोषाध्यक्षको मंगलबार मत परिणाम आइसकेको छ । ६१ जना केन्द्रीय सदस्यको पूर्ण परिणाम आउन थप तीन दिन लाग्ने निर्वाचन समिति सचिव प्रदीप पराजुलीले जानकारी दिए । ६१ जनामा विभिन्न आरक्षण रहेकाले छुट्टा–छुट्टै परिणाम निकाल्न समय लाग्ने बताइएको छ । 
 
साँझ साढे ६ बजेसम्म एक सय ५० मतपत्र मात्रै गणना हुन सक्यो । साँझ ७ बजे पछि मत गणना गर्न नसकिने र विहिबार सम्म मात्रै खुलातर्फको पूर्ण परिणाम आउने निर्वाचन समितिको विश्वास छ । ३१ सय ६१ मतदाता रहेकामा आइतबार भएको निर्वाचनमा ३१ सय ४८ जनाले मताधिकार प्रयोग गरेका थिए । 
 
कस्को कति मत ? 
प्रदीप पौडेल ( ६६ )
प्रकाशमान सिंह ( ६२ )
शेखर कोइराला ( ६१ )
खुमबहादुर खडका ( ६१ )
बिमलेन्द्र निधि ( ५८ )
महेश आचार्य ( ५७ )
पुर्णबहादुर खडका ( ५६ )
मिनेन्द्र रिजाल ( ५६ )
बालकृष्ण खाँड ( ५६ )
सुजाता कोइराला ( ५४ )
प्रदीप गिरी ( ५२ )
रमेश लेखक ( ५१ )
शंकर भण्डारी ( ५१ )
बद्रि पाण्डे ( ५१ )
केवी गुरुङ ( ५० )
धनराज गुरुङ ( ५० )
गोपालमान श्रेष्ठ ( ५० )
चन्द्र भण्डारी ( ५० )
विश्वप्रकश शर्मा ( ५० )
रामशरण महत ( ४९ )
प्रकाशशरण महत ( ४९ )
नारायण खडका ( ४९ )
बलबहादुर केसी ( ४८ )
एनपी साउद ( ४६ )
उदयशमशेर राणा ( ४५ )
ज्ञानेन्द्र बहादुर कार्की ( ४५ )
पद्मनारायण चौधरी ( ४१ )
जिपछिरीङ् लामा ( ४० )
अशोक कोइराला ( ३९ )
डिना महालक्ष्मी उपाध्याय ( ३९ )
गोविन्द पोखरेल ( ३८ )
मनमोहन भट्टराई ( ३६ )



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ