arrow

टि–२० विश्वकपमा बंगलादेशको विजयी सुरुवात, इक्वालको विष्फोटक व्याटिङ

logo
प्रकाशित २०७२ फागुन २६ बुधबार
tamim.jpg.jpeg
एजेन्सी । आइसीसी टि–२० विश्वकप क्रिकेटको पहिलो चरणको खेलमा बंगलादेशले नेदरल्याण्ड्सलाई ८ रनले हराउँदै विजयी सुरुवात गरेको छ । धर्मशालामा भएको तेस्रो खेलमा बंगलादेशले ८ रनको रोमान्चक जित निकालेको हो । टस जितेर फिल्डिङ रोजेको नेदरल्याण्ड्सले बंगलादेशले दिएको एक सय ५४ रनको चुनौती निर्धारित ओभरभित्र पूरा गर्न सकेन ।
 
चुनौती पछ्याउने क्रममा नेदरल्याण्ड्स ७ विकेट गुमाएर एक सय ४५ रनमै समेटियो । उसका लागि कप्तान पिटर बोरेन र ओपनर स्टेफेनले समान २९ रन बनाए । बेन कुपरले २० रन बनाउन बाहेर अन्य व्याट्सम्यान क्रिजमा जम्न सकेनन् । नेदरल्याण्ड्सको व्याटिङ कमजोर पार्न बंगलादेशी बलर शकिव अल हसन र अल अमिम हुसैनले समान २–२ विकेट लिए । यसअघि, पहिले व्याटिङ गरेको बंगलादेशले निर्धारि २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ५३ रन बनाएको थियो ।
 
बंगलादेशका लागि ओपनर तामिम इक्वालले विष्फोटक व्याटिङ गरे । उनले ५८ बलमा ३ छक्का र ६ चौकाको मद्दतले अविजित ८३ रन बनाए । शौम्य सरकार र अलराउण्डर शकिव अल हसनले समान १५–१५ रन बनाए । अन्य व्याट्सम्यानले खासै अंक स्कोर गर्न सकेनन् । नेदरल्याण्ड्सका टिम वान डेरले ३ विकेट झारे पनि हार टरेन । यसअघि भएका खेलमा जिम्बावेर अफगानिस्तानले विजयी सुरुवात गरेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ