arrow

प्रेमीसँग मात्रै होइन, खुशी हुन जो कोहीसँग एक मिनेटसम्म अंकमाल गर्नूस् !

logo
प्रकाशित २०७५ माघ २५ शुक्रबार
hug-story_b_22.jpg

काठमाडौं । प्रेमीहरुको भ्यालेन्टाईन सप्ताह चलिरहेको छ । शुक्रबार सोही सप्ताह अन्तर्गत् हग डे अर्थात् अंकमाल गर्ने दिन । प्रेमी मात्रै होईन । ठूला ठूला राजनीतिज्ञहरु एकले अर्कालाई भेट्दा समेत अंकमाल गर्ने गर्दछन् । के छ त यसको बैज्ञानिक कारण ? 

प्रेमी प्रेमीकाबीच मात्रै होईन । तपाई मनपर्ने जो कोहीसँग पनि अंकमाल गर्नसक्नुहुनेछ । यसले तपाईको त्यो मान्छेप्रतिको आत्मीयता, विश्वास र भाईचारा त यसै बढाउँछ नै यसले मानिसमा खुशी पैदा गर्दे र शरीरलाई समेत स्वस्थ राख्ने विषय एक अध्ययनले देखाएको छ । यसरी स्वस्थ बन्नको लागि २० सेकेण्ड भन्दा बढी समयसम्म अंकमाल गरिरहनु पर्दछ । २० सेकेण्डदेखि ६० सेकेण्डसम्म कसैसँग अंकमाल गर्ने व्यक्तिको दिमागको साथसाथ शरीरमा समेत समस्या कम आउने अध्ययनले देखाएको हो । 

इजरायलकोे हाइफा विश्वविद्यालयको एक अध्यननले गला मिलाउनुलाई एउटा प्राकृतिक दुख निवारक औषधिभन्दा पनि कडा विषय रहेको उल्लेख गरेको छ । यसमा पनि आफ्नो नजिकको साथीसँग गला मिलाउनु झनै लाभदायक मानिएको छ । यदि तपाईँ कसैसँग एक शब्द पनि बोल्नु हुन्न र अंकमाल मात्रै गर्नुहुन्छ भनेपनि यसले त्यो मान्छेप्रति प्रेम र चासो रहेको छ भन्ने संकेत गर्ने अध्ययनले देखाएको छ । अंकमालले वास्तविक सहानुभूति, प्यार तथा चिन्ता जस्ता भावनाहरुलाई व्यक्त गर्नको लागि सहयोग गर्दछ । यो सञ्चारको एउटा गैर(मौखिक रूप हो । जुन एकदमै आरामदायक हुन्छ।

कुनैपनि व्यक्तिसँग अंकमाल गर्दा अक्सिटोसिन हर्मोनको रिलीज हुन्छ । यसले हामीलाई खुशी राख्नको लागि मद्दत गर्दछ । साथै, तनाव(अवसाद जस्ता चीजलाई पनि यसले कम गर्दछ । जव हामी कुनैपनि समस्यामा परेको मित्रलाई देख्नासाथ उसलाई अंगालो हालेर सान्त्वना दिने गर्दछौं । रिपोर्टका अनुसार यो प्रक्रियामा कोर्टिसोल नामक हर्माेनका कारण मानिसको तनाव कम हुन्छ । यही हर्माेन उत्पादनको लागि नै हामीहरु कसैको पीडामा अंकमाल गरेर सान्त्वना दिने गर्दछौं ।

तनाव हर्मोन, कोर्टिसोललाई रक्तचाप बढाउको लागि पनि प्रयोग गर्ने हर्माेनको रुपमा समेत लिने गरिन्छ । हृदय रोगीहरुकोलागि जब खतरा बढ्दछ । कैयौं रिपोर्टों तथा अध्ययनले यस तथ्यको संकेत गरेको छ कि नियमित रूपले अंकमाल गर्नाले कोर्टिसोलको स्तरमा ठूलो मात्रामा गिरावट आउँछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ