arrow

पथरी–शनिश्चरेमा इन्द्र–कमल प्रतिष्ठान गठन

logo
प्रकाशित २०७२ फागुन २६ बुधबार
Morang-hamrakura.jpg.jpeg
 
मोरङ । पथरी–शनिश्चरे वडा नं. ४ स्थित बास्कोटा निवास, सिर्जनाटोलमा हिजो फाल्गुन २६ गते बुधकबार आयोजित बृहत जनभेलाबाट घरमूली इन्द्रमाया बास्कोटा वर्ष ६२ र कमलप्रसाद बास्कोटा वर्ष ७० को प्रतिनिधित्व नामाङ्करण संस्करण इन्द्र–कमल बास्कोटा प्रतिष्ठान, पथरी, मोरङ तदर्थ समिति गठन भएको छ । बास्कोटा परिवारसम्बद्ध पचासौं छरछिमेक घरका सयौं उपस्थित स्थानीय समाजसेवी जनशक्ति बीचबाट सो नाममा प्रतिष्ठान गठन हुनुपर्ने माग आएपछि बास्कोटा परिवारभित्रबाट आफ्ना श्रद्धेय माता–पिताको हर्दम सम्मानमा उक्त संस्था गठन भएको हो । परिवारसम्बद्ध अगुवा व्यक्तित्वबाट मृत्युपछि श्राद्धको रुपमा मात्र होइन, अत्यन्तै कष्टकर जीवन भोगाइपछि आज पनि क्रियाशील जीवन बाँचिरहेका आफ्ना माता–पिताको सम्मान र मरणोपरान्त पनि सम्झना चीरस्थायी राख्ने अभिप्रायले केही सामाजिक सेवामुखी जनहितकारी काम गर्न चाहेको उद्देश्य पेश भएपछि उक्त अवधारणामा आधारित भई सो संस्था गठन प्रक्रिया अघि बढाइएको हो । अवधारणामा बास्कोटा परिवारले क्रियाशील जीवन बाँचिरहेका आफ्ना माता–पिताको सम्मानमा छात्रवृत्ति÷कल्याणकारी कोष खडा गर्ने, अनाथ–असाहयलाई तिनको शिक्षादिक्षा र आधारभूत स्वास्थ्योपचारमा सहयोग गर्ने, समकालीन जीवन र यसको प्रेरणादायी पक्षलाई वृत्तचित्रको रुपमा प्रकाशन गर्ने, सामाजिक विभेदविरुद्धका गतिविधिहरुमा सरीक हुने, गाउँमा घुम्ती स्वास्थ्य शिविर, बालशिक्षा र पौढशिक्षालय सञ्चालन गर्ने आदि रहेका छन् । 
कमला दाहाल बास्कोटाको संयोजकत्वमा गठित संस्थामा सचिव रुद्रप्रसाद बास्कोटा, कोषाध्यक्ष शीला दंगाल र सदस्यहरुमा नारायणप्रसाद कोइराला, कृष्णप्रसाद कोइराला, कुलप्रसाद दाहाल र टीकाराम गौतम रहनुभएको छ भने यसको सल्लाहकार कमिटीमा प्रमुख युवराज बास्कोटा, सदस्यहरुमा लोकनाथ गौतम, शोभा पाठक, इन्द्रप्रसाद दाहाल, नरबहादुर खोकरेल, गंगाराम न्यौपाने, बिष्णुलाल गौतम, धनपति कोइराला, पुण्यप्रसाद बास्कोटा, दिव्या बास्कोटा, सागर गौतम, रुद्रप्रसाद गौतम र रीता गौतम निरौला रहनुभएको छ । यसको संरक्षण कमिटीमा प्रमुख लीलानाथ बास्कोटा र सदस्यहरुमा टीकाराम बास्कोटा, प्रेमसागर बास्कोटा, कमला सुवेदी र शान्ता निरौला रहनुभएको छ । संस्थाको दर्ता र ऐन मुतावित वैधानिकता प्राप्तिको काम सकेपछि समितिलाई पूर्णता प्रदान गर्ने सचिव रुद्रप्रसाद बास्कोटाले बताउनुभएको छ । 
परस्पर जिम्मेवारीबोध, आदार र माया सञ्जालको सञ्चालनका दृष्टिकोणले पारिवारिक जीवन संरचना भत्कँदै र टुट्दै गइरहेको वर्तमान परिप्रेक्ष्यमा एमाले युवा नेता युवराज बास्कोटाको प्रशंसायोग्य यो कदमले समाजमा खासगरि युवापुस्तालाई एउटा गत्तिलो शिक्षा हुने कुरा कार्यक्रममा सहभागी एकजना प्रबुद्ध कृष्णप्रसाद नेपालले बताउनुभयो । 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ