arrow

सञ्जय दत्तको 'मुन्नाभाइ ३' मा सोनम कपुर

logo
प्रकाशित २०७५ माघ २५ शुक्रबार
munna-bhai.jpg

काठमाडौं । बलिउडमा ‘लगे रहो मुन्ना भाइ’ होस् वा ‘मुन्ना भाइ एमबीबीएस’ दुवै चलचित्रले भारतीय फिल्म उद्योगमा कुनै समय विशेष स्थान पाएको थियो । उक्त फिल्मको केमिस्ट्रि मानिसहरुले निकै रुचाएका थिए । राजकुमार हिरानी र विधु विनोद चोपडाले बनाएको सो चलचित्र त्यतिबेलाको निकै सुपरहिट थियो ।
 
अब सो फिल्मको तेस्रो पार्ट आउने भएको छ । सञ्जय दत्त जेलबाट बाहिर आएसँगै उक्त फिल्मबारे चर्चा चलेको थियो । फिल्मका लागि अभिनेत्रीमा सोनम कपुर रहनेछिन् । यो एक कमेडी फिल्म रहनेछ । अहिले सोनम कपुरको अर्को फिल्म सार्वजनिक भएको छ । जसमा उनले आफ्ना बाबु अनिल कपुरसँग अभिनय गरेकी छिन् ।
 
फिल्म ‘एक लडकी को देखा तो ऐसा लगा’को प्रचारको क्रममा सोनमलाई मुन्ना भाइ ३ को बारेमा सोधिएको थियो । उनले यसमा अभिनय गर्ने कुराको पुष्टि नगरेपछि यसमा काम गर्न मन लागेको बताएकी थिइन् । यद्यपि उनले त्यसका लागि फिल्मको नाम मुन्नी बहन हुनुपर्ने शर्त राखेकी छिन् ।
 
सोनम कपुरको ‘एक लडकीको देखा तो ऐसा लगा’ फिल्म १ फेब्रुअरीदेखि प्रदर्शनमा आएको छ । यसमा सोनम कपुरका साथै अनिल कपुर, जुही चावला र राजकुमार राव मुख्य भूमिकामा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ