arrow

आफ्नो बुद्धिको प्रयोग गर्दै दम्पत्तिले जिते ३ अर्बको लोटरी

logo
प्रकाशित २०७५ माघ २५ शुक्रबार
lottery-man-women1.png

काठमाडौं । अमेरिकाको मिशिगनमा बस्ने एक दम्पत्तिले पछिल्लो नौ वर्षमा लोटरी जित्न सफल भएको खुलासा गरेका छन् । उनीहरुले सो अवधिमा २.६ करोड डलर अर्थात् झण्डै ३ अर्ब रुपैयाँको लोटरी जितेका थिए ।

उनीहरुले कुनै हेराफेरीभन्दा पनि गणितको तरिकाको प्रयोग गरेर लोटरीको कमजोरीको माध्यमबाट उक्त लोटरी जितेका थिए । ८० वर्ष पार गरिसकेका जेरी सेलकी र मार्ज सेलबीका अनुसार लोटरी खोल्नुभन्दा पहिला उनीहरु इवार्ट शहरमा एक पसल चलाउँथे । यद्यपि ६० वर्षको उमेर पार भएसँगै उनीहरुले आफ्नो स्टोर बिक्री गरेर अवकाश लिएका थिए ।

सन् २००३ मा जेरीले आफ्नो पुरोनो स्टोरमा केही खरिदगर्न जाँदा उनले विन्डफल लोटरीको ब्रोशर फेला पारे । कुनै समय उनी गणितमा निकै राम्रा विद्यार्थी थिए । उनले त्यसमा आफ्नो सूत्र लगाउने निर्णय गरे । त्यसपछि उनले आफ्नी पत्नीसँग लोटरी खेल्ने निर्णय गरे । लोटरीमा जेरीले पहिलोपटक ३६ सय डलरको टिकट खरिद गरे । गणित प्रयोग गर्दै उनले ६३ सय डलर कमाए । अर्कोपटक उनले पत्नीसँग मिलेर ८ हजार डलर खर्च गरे र दोब्बर कमाए ।  उनीहरुले एक लगानी कम्पनी नै खोलेर आफन्त र नातेदारलाई पनि सूत्रको प्रयोग गर्दै लोटरी जिताउँथे ।

यद्यपि यसैबीच व्यपारमा देखिएको कमीसँगै विन्डफल लोटरी बन्द भएको थियो । सन् २०११ पछि दम्पत्तिले लोटरी खेल्न बन्द गरेका थिए । यसैबीच उनीहरुमाथि लोटरी खेलेर अत्यधिक सम्पत्ति कमाएको भन्दै अनुसन्धान शुरु गरिएको थियो । उनीहरुले कुनै गैरकानुनी काम भने गरेका थिएनन् ।

जेरीका अनुसार उनले ९ वर्ष लोटरी जितेर आफ्ना छ बच्चा, १४ नाति र पनातिको खर्च उठाएका थिए । यो दम्पत्तिबाट प्रभावित भएर फिल्म निर्माताले उनीहरुमाथि फिल्म बनाउने तयारी गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ