arrow

कति खान्छन त नुन धौलागिरीबासीले ?

logo
निर्मल खत्री।
प्रकाशित २०७२ फागुन २६ बुधबार
Salt-.jpg.jpeg
म्याग्दी। साविकको धौलागिरी अञ्चलको चार वटा जिल्लामा वार्षिक साढे चार करोड रुपैया भन्दा बढीको नुन खपत हुने गरेको छ। बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङ जिल्लामा नुनको आपूर्ती गर्दै आएको साल्ट ट्रेडीङ कर्पोरेशन बागलुङका अनुसार धौलागिरिमा वार्षिक साढे १७ हजार मेट्रिकटन भन्दा बढी नुन खपत हुने गरेको छ। 
 
गत आर्थिक वर्ष २०७१/७२ मा चार करोड ६२ लाख ६० हजार रुपैया मूल्य बराबरको १७ हजार ६३० मेट्रिकटन नुन खपत भएको साल्ट ट्रेडीङ कर्पोरेशन बागलुङका प्रमुख मनोजकुमार श्रेष्ठले जानकारी दिए। 
 
श्रेष्ठका अनुसार चालु आर्थिक वर्ष २०७२/७३ को दश महिनाको अवधिमा साल्ट ट्रेडीङका डिलरहरु मार्फत दुई करोड ६१ लख रुपैया मूल्य बराबरको १४ हजार पाँच सय मेट्रिक्टन नुन बिक्री भएको छ। चार हजार ५०० मेट्रिक्टन ढिके र दश हजार मेट्रिक्टन प्याकेटको आयोडिनयुक्त नुन बिक्री भएको हो। 
 
अघिल्लो र यस आर्थिक वर्षको दश महिनाको अवधिमा ढिके नुनको खपत बराबरी छ। पाँच लाख ४१ हजार जनसंख्याको बसोबास रहेको धौलागिरीमा आयोडिनका हिसावले सुरक्षित मानिने प्याकेटको आयोनुनको प्रयोग बढ्दै गएको छ। अघिल्लो आर्थिक वर्षको दश महिनामा नौ हजार २५० मेट्रिकटन प्याकेटको नुन बिक्री भएको थियो। 
 
साल्ट ट्रेडिङको तथ्याङक अनुसार गत वर्षको तुलनामा यस वर्ष ७५० मेट्रिकटन बढी बिक्री भएको हो। खुल्ला रुपमा बिक्री वितरण हुने ढिके नुनमा राखिने आयोडिन उडेर जाने भएकाले उपभोगका लागि उपयुक्त मानिदैन्। आयोडिनको कमीले गलगाड आउने, बच्चाको मानसिक तथा शारिरीक विकासमा असर पुग्ने, गर्भपतन हुने, गाईबस्तुको उत्पादन क्षमत्ता कम हुने जस्ता समस्या देखिने गर्छ। 
 
साल्ट ट्रेडिङ, जिल्ला स्वास्थ्य कार्यालय र विभिन्न संघ संस्थाले आयोडिनयुक्त प्याकेटको नुनको सुरक्षित प्रयोग बृद्धी गरि आयोडिनको कमीले हुने स्वास्थ्य समस्या न्युनीकरणका लागि समुदायस्तरमा विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै आएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ