arrow

कम्प्युटरजस्तो तेज दिमाग भएको सन्तान चाहनुहुन्छ ? यस्ता खानेकुरा खानुहोस्

logo
प्रकाशित २०७५ माघ २५ शुक्रबार
pregnent.jpg

काठमाडौं । गर्भावस्थामा नै बच्चाको दिमागी विकास शुरु हुन्छ । यस्तोमा शिशु कत्तिको बुद्धिमान् हुन्छ भन्ने कुरा आमाको खानेकुरामा धेरै हदसम्म निर्भर गर्छ ।  यस्तोमा तेज दिमाग भएको बच्चाको लागि गर्भवती महिलाले आफ्नो खानामा यी कुराहरु समावेश गर्नु जरुरी हुन्छ –

अण्डा – अण्डामा कोलिन नामको तत्व हुन्छ, जुन दिमागको विकासको लागि जरुरी हुन्छ । यसबाट स्मरणशक्ति पनि बढ्नका लागि सहयोग पुग्छ । साथै अण्डामा आइरन र प्रोटिन पनि हुन्छ । यो पनि दिमागी विकासको लागि निकै जरुरी हुन्छ । यो अण्डाको पँहेलो भागमा पाइन्छ । त्यसैले अण्डाको सबै भाग खानु जरुरी हुन्छ ।

पालुङ्गो– गर्भावस्थामा खानामा पालुङ्गो निकै फाइदाजनक हुन्छ । यसमा रहेको फोलिक अम्ल डीएनए र कोषको संरचनाको विकासको लागि निकै फाइदाजनक हुन्छ । पालुङ्गोमा प्रोटिन, फाइबर, भिटामिन र अरु धेरै किसिमको प्रोटिन हुन्छ, जुसले दिमागको विकासको लागि  सहयोग गर्छ । यद्यपि पालुङ्गोलाई निकै राम्रोसँग पकाउनु जरुरी हुन्छ ।

दाल– दालमा पनि भरिपूर्ण मात्रामा प्रोटिन हुन्छ । गर्भावस्थामा दालमा घिउ हालेर खाने सल्लाह दिइने गरिन्छ । गर्भावस्थामा दाल खानु निकै जरुरी हुन्छ । दाल आइरनको पनि राम्रो स्रोत हो ।

दही– दहीमा पनि उल्लेख्य प्रोटिन हुन्छ जसको कारण गर्भावस्थाको समयमा दहीलाई खानामा राखिनु जरुरी हुन्छ । यससँगै भ्रूणको दिमागको विकासमा सहयोग मिल्नेछ ।

एभोगाडो– मानिसको दिमाग ६० प्रतिशत बोसोले बनेको हुन्छ । यसका लागि फ्याटको जरुरी हुन्छ । जुन, एभोगाडोमा भरपूर मात्रामा हुन्छ । यसमा मानोअनसेचुरेटेड फ्याट पाइन्छ । यसबाट दिमागको विकासमा सहयोग पुग्नेछ ।

फर्सीको बिऊ – फर्सीको बियाँ पनि गर्भावस्थामा खानु निकै फाइदाजनक हुन्छ । यसमा जिंक पाइन्छ, जुन बच्चाको दिमागी विकासकोलागि अत्यन्तै जरुरी हुन्छ । यसलाई सलादको रुपमा पनि खान सकिन्छ ।

बदाम– गर्भावस्थामा बदाम खानु पनि बच्चाको दिमागी विकासको लागि निकै जरुरी हुन्छ । यसमा प्रोटिन, फ्याट, भिटामिन बी र फोलेट पाइन्छ । यसमा भिटामिन ई पनि हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ