arrow

यस्तो मन्दिर जहाँ हावामा अडिएका छन् खम्बा

logo
प्रकाशित २०७५ माघ २५ शुक्रबार
tempel-hawa.JPG

काठमाडौं । संसारमा यस्ता धेरै मन्दिरहरु छन्, जसको आफ्नै विशेषता हुन्छ, जसमा केही भने अनौठो लाग्ने किसिमका हुन्छन् । भारतमा यस्तो मन्दिर छ, जहाँ मन्दिरका सबै खम्बाहरु हावामा अडिएका छन् ।

भारतको आन्ध्र प्रदेशको अनन्तपुर जिल्लामा रहेको १६ औं शताब्दीमा बनेको लेपाक्षी मन्दिरका ७० खम्बाले भुँइ छोएका छैनन् । मन्दिरमा पुग्ने मानिसको लागि निकै अद्भूत दृश्य हुने गरेको छ ।

यहाँका स्तम्भहरुलाई आकाश स्तम्भको रुपमा पनि चिनिने गरिएको छ । यी खम्बाहरु जमिनबाट करिब आधार इन्च माथि उठेको छ । यसका साथै यहाँ उक्र खम्बाकोमुनिबाट केही सामग्री छिराउने गर्नाले घरमा सुख समृद्धि आउने विश्वास मानिसहरुमा रहीआएको छ ।

लोपाक्षीको मन्दिर भगवान् शिवको क्रूर रुप हो । यो मन्दिरमा सीताको पन िपदचिह्न देख्न सकिन्छ । मान्यताअनुसार यो मन्दिरको चर्चा रमायणमा पनि रहेको छ ।

यो मन्दिर कछुवाको आकारमा बनाइएको छ । यो मन्दिरको निर्माण सन् १५८३ मा सकिएको अनुमान छ । यो मन्दिर अगस्त्य ऋषिले बनाएको विश्वास गरिँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ