छोटो कपडा लगाएर संसदमा आउने सांसदलाई रेप गर्ने चेतावनी
एजेन्सी,
प्रकाशित २०७५ माघ २६ शनिबार
468
Shares
ब्राजिल। एक महिला राजनेतालाई संसदमा छोटो कपडा लगाएर आएको भन्दै आक्रोशित मतदाताहरुले सांसदमाथि रेप गर्ने धम्की समेत दिएका छन् । सांसदमा आउँदा छोटा र भल्गर कपडा लगाएको भन्दै कसैले उनी विरुद्ध अदालतमा मुद्दा दायर गर्ने धम्की दिएका छन् भने कसैले उनलाई बलात्कार गर्ने सम्मको धम्की दिएका हुन् ।
यो घटना ब्राजिलको हो । ती सांसदको इन्स्टाग्रामको तस्वीर देखेर मानिसहरु उनीहरुप्रति आक्रोशित बन्ने गरेका छन् । सोशल मिडियामा यस्तो धम्की दिइएको सांसद अना पाउलाका लागि हो ।
४३ वर्षकी ऐना पाउलाले यसै वर्षको जनवरीमा सन्टा कटरीनाबाट सांसद जितेकी हुन् । उनी करीब ५० हजार भोट पाएर विजयी भएकी थिइन् । ब्राजिलको विधानसभा चुनावमा पाएको त्यति धेरै भोट पाएर जित्नु भनेको शानदार जीत हो । उनी पहिले आफ्नै नगरपालिकाको मेयर समेत बनिसकेकी छिन् ।
संसदमा उनले पहिरिएको ड्रेसलाई ट्रोल गरिएको थियो । जुन सामाजिक सञ्जालमा भाईरल भएको छ । विवाद बढ्दै गएपछि ऐनाले यस विषयमा सफाई समेत दिएकी छिन् । उनले आफू सधैं भरी यस्तै छोटा कपडा लगाउने गरेको दाबी गरेकी छिन् । उनले आफू जस्तो अहिले छु त्यस्तै रहन्छु भन्दै आफ्नो व्यक्तिगत जीवनमा हस्तक्षेप नगर्न समेत चेतावनी दिएकी छिन् ।
सांसद ऐना पाि सामाजिक सञ्जालमा धेरै सक्रिय छिन् । उनको हजारौं फलोअर समेत रहेका छन् । उनले विवाद बढ्दै गएपछि इन्स्टाग्राममा पनि लेखेकी छिन् कि उनको कपडाको कामसँग कुनै लेनदेन छैन । उनले पनि रेप गर्ने चेतावनी दिएकाहरु विरुद्ध उनीपनि अदालत जाने चेतावनी ऐनाले दिएकी छिन् ।