arrow

छोटो कपडा लगाएर संसदमा आउने सांसदलाई रेप गर्ने चेतावनी 

logo
एजेन्सी,
प्रकाशित २०७५ माघ २६ शनिबार
brajil_samsad.jpg

ब्राजिल। एक महिला राजनेतालाई संसदमा छोटो कपडा लगाएर आएको भन्दै आक्रोशित मतदाताहरुले सांसदमाथि रेप गर्ने धम्की समेत दिएका छन् । सांसदमा आउँदा छोटा र भल्गर कपडा लगाएको भन्दै कसैले उनी विरुद्ध अदालतमा मुद्दा दायर गर्ने धम्की दिएका छन् भने कसैले उनलाई बलात्कार गर्ने सम्मको धम्की दिएका हुन् । 

यो घटना ब्राजिलको हो । ती सांसदको इन्स्टाग्रामको तस्वीर देखेर मानिसहरु उनीहरुप्रति आक्रोशित बन्ने गरेका छन् । सोशल मिडियामा यस्तो धम्की दिइएको सांसद अना पाउलाका लागि हो । 

४३ वर्षकी ऐना पाउलाले यसै वर्षको जनवरीमा सन्टा कटरीनाबाट सांसद जितेकी हुन् । उनी करीब ५० हजार भोट पाएर विजयी भएकी थिइन् । ब्राजिलको विधानसभा चुनावमा पाएको त्यति धेरै भोट पाएर जित्नु भनेको शानदार जीत हो । उनी पहिले आफ्नै नगरपालिकाको मेयर समेत बनिसकेकी छिन् ।

संसदमा उनले पहिरिएको ड्रेसलाई ट्रोल गरिएको थियो । जुन सामाजिक सञ्जालमा भाईरल भएको छ । विवाद बढ्दै गएपछि ऐनाले यस विषयमा सफाई समेत दिएकी छिन् । उनले आफू सधैं भरी यस्तै छोटा कपडा लगाउने गरेको दाबी गरेकी छिन् । उनले आफू जस्तो अहिले छु त्यस्तै रहन्छु भन्दै आफ्नो व्यक्तिगत जीवनमा हस्तक्षेप नगर्न समेत चेतावनी दिएकी छिन् । 

सांसद ऐना पाि सामाजिक सञ्जालमा धेरै सक्रिय छिन् । उनको हजारौं फलोअर समेत रहेका छन् । उनले विवाद बढ्दै गएपछि इन्स्टाग्राममा पनि लेखेकी छिन् कि उनको कपडाको कामसँग कुनै लेनदेन छैन । उनले पनि रेप गर्ने चेतावनी दिएकाहरु विरुद्ध उनीपनि अदालत जाने चेतावनी ऐनाले दिएकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ