arrow

चन्द्रमामा मानिस राख्ने नासाको योजना

logo
एजेन्सी
प्रकाशित २०७५ माघ २६ शनिबार
moon.png

काठमाडौं । नासाले पुनः चन्द्रमामा मानिस पठाउने योजना अघि सारेको छ । यद्यपि यसपटक योजनाअनुसार चन्द्रमामा नै मनिसलाई राखिनेछ । 

नासाको स्पेस एजेन्सीका प्रशासकक जिम ब्रिडेनस्टाइनले चन्द्रमामा मानिसलाई उतार्ने योजना तय भइरहेको बताए । अमेरिकी राष्ट्रपतिको पृथ्वीको कक्षभन्दा बाहिर वैज्ञानिक राख्ने योजनाअनुसार नै यस्तो योजना तय भएको हो । 

ब्रिडस्टाइनका अनुसार एकदिन मंगल ग्रहमा पनि मानिस उतार्ने योजनामा नासा रहेको छ । त्यसका लागि आफू निकै उत्साहित रहेको उनले बताएकाा छन् । यद्यपि फर्किनका लागि भने ५० वर्ष पुरानै प्रणाली अपनाइने उनले बताएका छन् । 

उनले आफूहरु नयाँ आविष्कारक सहितको नयाँ प्रविधि तथा प्रणालीका साथमा चन्द्रमामा जान लागेको बताएका छन् । उनले भनेका छन्, ‘यसपटक जब हामी चन्द्रमामा जान्छौं, त्यतै बस्नेछौं ।’

ब्रिडस्टाइनले यो योजना एक सातापछि हुने बताएका छन् । शुरु हुनुअघि निजी उद्योगका सहकर्मीहरु र अन्य केहीलाई यस विषयमा छलफलका लागि मुख्यालय बोलाइएको छ । 

यो मिसनका लागि नासाले यसअघि नै ९ कम्पनीसँग सम्झौता गरिसकेको छ । यद्यपि अहिलेका आवश्यकता १० वर्षभित्र मानिसलाई पृथ्वीको भू–उपग्रहसम्म ल्याउने ल्याण्डरको विकास गर्नु रहेको ब्रिडेनस्टाइन बताउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ