arrow

चेल्सीको दुरदर्शा, च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलबाटै बाहिरियो

logo
प्रकाशित २०७२ फागुन २७ बिहिबार
Eufa_Champions_League.JPG.jpeg

एजेन्सी । इङ्गलिश क्लब चेल्सीले युएफा च्याम्पियन्स लिग फुटबलमा झट्का लागेको छ । वुधबार राति अन्तिम आठका लागि भएको प्रि–क्वार्टरफाइनल दोस्रो लेगमा चेल्सी घरेलु मैदानमै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजीसंग २–१ पराजित भयो । दोस्रो लेगको खेल २–१ ले हारेको चेल्सी समग्रमा ४–२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

चेल्सीलाई च्याम्पियन्स लिगमा झट्का लागेसंगै यो सिजन कुनै पनि प्रतियोगिता उसको पक्षमा छैनन् भन्ने आँकलन गरिएको छ । अघिल्लो वर्ष समेत चेल्सीलाई पीएसजीले नै हराएको थियो । पीएसजीलाई जिताउन एड्रियन राविओट र ज्लाटान इब्राहिमोभिचले गोल गरे । चेल्सीका डिएगो कोस्टाले एक गोल फर्काए । जितसंगै पीएसजी च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुगेको छ ।

यस्तै अर्को खेलमा पोर्चुगिज क्लब बेनीफिकाले रुसको जेनिथ सेन्ट पिटर्सवर्गलाई २–१ ले पराजित गर्दै क्वार्टरफाइनल यात्रा पक्का गरेको छ । प्रि–क्वार्टरफाइनलको पहिलो लेग १–० ले जितेको बेनीफिकाले समग्रमा खेल ३–१ ले नजिता आफ्नो पक्षमा पारेको हो ।
यी खेलसंगै यो सिजनको च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा पुग्ने चार टोलीको टुंगो लागेको छ ।

अहिले सम्म स्पेनिश क्लब रियाल मड्रिड, फ्रेन्च क्लब पीएसजी, पोर्चुगिज क्लब बेनीफिका र जर्मन क्लब उल्फवर्ग क्वार्टरफाइनलमा पुगेका छन् । अर्को हप्ता अन्तिम आठमा पुग्ने चार टोलिको टुंगो लाग्दै क्वार्टरफाइनल समीकरण पुरा हुने छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ