arrow

वसन्त लिएर जन्मिएकी सरस्वती देवीलाई शरदमा किन गराईन्छ शयन ?

logo
कल्की अवतार,
प्रकाशित २०७५ माघ २७ आइतबार
saraswoti_mata1.jpg

काठमाडौं । वसन्त ऋतुमा पञ्चमीको उत्सव 'माता सरस्वती' को जन्मदिनका रूपमा सम्पूर्ण विश्वमा नै हिन्दूहरुले मनाउने गर्दछन् । वसन्त पञ्चमी सबैको लागि महत्वपूर्ण छ । यस दिन शुभ्रवसना, वीणावादिनी, मन्द-मन्द मुस्कुराती, हाँसमा विराजमान भएकी माता सरस्वतीले मानव जीवनको अज्ञानलाई दूर गर्ने र प्रकाशबाट आलोकित गराउने विश्वास गरिन्छ । 

वसन्त पञ्चमीको दिन माता सरस्वतीको जन्मोत्सवको रुपमा धुमधाम रुपमा मनाइन्छ । यो दिन वसन्त ऋतुको आरम्भको दिन समेत मानिन्छ । विद्याकी देवी सरस्वतीलाई पवित्र शारदीय महिनामा शयन गराउने चलन नेपाली समाजमा कता कतै मात्रै भेटिएको छ । तर, शास्त्रीय महत्वलाई हेर्ने हो भने सम्भव भएसम्म एक महिना र नभए पनि कम्तिमा ५ दिनसम्म भएपनि सरस्वती मातालाई शयन गराउनु उपयुक्त मानिन्छ । यस समयमा सरस्वती माताको शयनको समयमा गरिने पूजा आजाले समस्त ग्रहका दोष दूर गराउन सकिने विश्वास छ । राहुलाई छाया ग्रह मान्ने गरिएको छ । देवी दूर्गाको छायाको रुपमा मानिने भएकोले यो ग्रहलाई छाया ग्रह मानिएको हो । त्यसैले दूर्गा पूजाले राहुका सबै अनिष्ट समाप्त हुने विश्वास छ । 

त्यस्तै, राहुको इष्ट देव सरस्वतीलाई मानिन्छ । नवरात्रिमा दोस्रो दिन माता ब्रह्मचारिणीको पूजा गर्ने गरिन्छ । यसले राहुको अशुभ फल दूर हुने बताईन्छ । यसरी विभिन्न देवीको पूजा गर्दै सप्तमीको दिन सरस्वतीको आह्वान गरिन्छ । यसैदिन देखि कम्तिमा ५ दिन सम्म सरस्वतीलाई आह्वान गरेर शयन गराउने गरिन्छ । 

यो सरस्वती शयन काल भर कुनै पनि पुस्तकहरु पढ्नु हुँदैन भन्ने मान्यता रहको छ । आफ्ना नित्य कर्म बाहेक अरु सबै पुस्तकहरुलाई सरस्वती माताको साथमा राखेर विद्याकी देवी सरस्वतीको पूजा गर्ने गरिन्छ । यो दिन वेदका ऋचाहरु सरस्वती स्तोत्रका पाठ आदि गर्दै सरस्वतीको आह्वान गरिन्छ भने सोही प्रक्रिया गरी ५ दिन पछि सरस्वतीलाई शयनबाट उठाईन्छ । 

ज्ञान र बुद्धिका लागि कून मन्त्रले पूजा गर्ने ?
विद्या: समस्तास्तव देवि भेदा: स्त्रिय: समस्ता: सकला जगत्सु।
त्वयैकया पूरितमम्बयैतत् का ते स्तुति: स्तव्यपरा परोक्ति:।। 

अर्थ : हे देवी, विश्वका सम्पूर्ण विद्या तिम्रै भिन्न भिन्न स्वरूप हुन्। जगतमा जतिपनि स्त्रीहरु छन् उनीहरु सबै तिम्रै मूर्ति हुन् । हे जगदम्बे ! एकमात्र तिमीमा नै विश्व व्याप्त छ । तिम्रो स्तुति पूरा कसरी गर्न सकिन्छ रु तिमी त आराधना गर्न योग्य भन्दा पनि माथि हौ । यसरी यो मन्त्र पञ्चमीदेखि दशमीसम्म जप गर्नाले ज्ञान, विद्या, धन, सुख समृद्धि तथा जीवनका हर क्षेत्रमा सफलता मिलने बताईन्छ ।  

सरस्वतीको अष्टाक्षर मन्त्र
 
'श्री ह्यीं सरस्वत्यै स्वाहा'

यस अष्टाक्षर मन्त्रद्वारा प्रत्येक वस्तु क्रमशः श्रीसरस्वती को समर्पण गर्नहोस् । अन्तमा देवी सरस्वतीको आरती गर्दै उनको स्तुति गर्नुहोस् । भगवतीलाई निवेदित गन्ध पुष्प मिष्ठान्नको प्रसाद ग्रहण गर्नु आवश्यक मानिन्छ । पुस्तक तथा लेखनीमा देवी सरस्वतीको निवास स्थान मानिन्छ । त्यसैले पुस्तक पूजा पनि महत्वपूर्ण मानिन्छ । 
 
देवी भागवत एवं ब्रह्मवैवर्तपुराणमा वर्णित आख्यानमा पूर्वकालमा श्रीमन्नरायण भगवानले वाल्मीकिलाई सरस्वतीको मन्त्र बताइका थिए । जसको जपद्वारा उनमा कवित्व शक्ति प्राप्त भएको थियो । 

भगवान नारायणद्वारा उपदिष्ट त्यही अष्टाक्षर मन्त्र थियो - 'श्रीं ह्वीं सरस्वत्यै स्वाहा।' यसको चार लाख जप गर्नुले मन्त्र सिद्धि हुने बताईन्छ । त्यस्तै ब्रह्मवैवर्तपुराणमा  'ॐ ऐं ह्वीं श्रीं क्लीं सरस्वत्यै बुधजनन्यै स्वाहा।' मन्त्रको निर्देश गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ