arrow

टि–२० विश्वकप क्रिकेटमा ओमान विजयी, आयरल्याण्ड स्तब्ध

logo
प्रकाशित २०७२ फागुन २७ बिहिबार
oman.jpg.jpeg

एजेन्सी । भारतमा जारी आइसीसी टि–ट्वेन्टी विश्वकप क्रिकेटको पहिलो चरणको चौथो खेलमा ओमानले आयरल्याण्डलाई हराउँदै विजयी सुरुवात गरेको छ । धर्मशालामा भएको खेलमा ओमानले आयरल्याण्डविरुद्ध २ विकेटको जित निकालेको हो । टस जितेर पहिले व्याटिङ गरेको आयरल्याण्डले दिएको एक सय ५५ रनको चुनौती ओमानले २ बल बाँकी छँदै ८ विकेटको क्षतिमा पार गर्न सक्यो ।

ओमानका लागि ओपनर जीशान मकसूदले ३८, खावर अली ३४ र अमिर अलीले ३२ रन बनाए । बलिङतर्फ केभिन खो ब्राइन र म्याक्स सोरेनसेनले समान २–२ विकेट लिए । पहिले व्याटिङ गर्दा आयरल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ५४ रन मात्रै बनाउन सक्यो ।

उसका लागि ग्यारी विल्सनले ३८ तथा कप्तान विलियम पोर्टरफिल्ड र पउल स्टर्लिङले समान २९–२९ रन बनाए । बलिङतर्फ ओमानका मुनिस अन्सारीले ३ विकेट चट्काए । यसअघि, जिम्बावे, अफगानिस्तान र बंगलादेशले विजयी सुरुवात गरेका थिए । विहिबार पहिलो चरणको समूह ‘बी’का खेलमा स्कटल्याण्ड र जिम्बावे र अफगानिस्तान र हङकङ भिड्दै छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ