arrow

खुला केन्द्रीय सदस्यको मतगणना नियमित, खुमबहादुर अघि, आरक्षणतर्फको गणना आरम्भ हुँदै

logo
प्रकाशित २०७२ फागुन २७ बिहिबार
4.jpg.jpeg
काठमाडौं । स्थगित कांग्रेस केन्द्रीय सदस्यहरुको मत गणना सुरु भएको छ । वुधबार साँझ ७ बजे स्थगित भएको म गणना पार्टी केन्द्रीय कार्यालयमा जारी छ । विहान १० बजेबाट हुने भनिएपनि प्राविधिक तयारीका कारण ढिलोगरी मध्यान्हपछी मात्रै मतगणना सुरु भएको निर्वाचन समिति सचिव प्रदीप पराजुलीले जानकारी दिए । 
 
खुला २५ सिटका लागि ९० जनाबीच भएको प्रतिस्पर्धाको पूर्ण मत परिणाम नआएपनि आरक्षणतर्फको महिला, दलित, मधेसी र मुस्लिमको समेत मतगणना थालिने पराजुलीले जानकारी दिए । वुधबार साँझ १ सय ५० मत गणना हुँदा नवनिर्वाचित कांगे्रस सभापति शेरबहादुर देउवाका समर्थक खुमबहादुर खड्का ९४ मत ल्याउँदै अग्रस्थानमा रहे । खड्कालाई प्रकाशमान सिंह, डा.शेखर कोइराला, विमलेन्द्र नीधि, प्रदीप गिरी लगायतका नेताहरुले पछ्याइरहेका छन् । 
 
वुधबार साँझ १ सय ५० मत गणना गर्दा 
खुम बहादुर खड्का (९४)
प्रकाशमान सिंह (९०)
शेखर कोइराला (८९)
बिमलेन्द्र निधि (८८)
प्रदीप गिरी (८७)
प्रदीप पौडेल (८७)
महेश आचार्य (८७)
बालकृष्ण खाँण (८६)
कलबहादुर (केवी) गुरुङ (८५)
पूर्ण बहादुर खड्का (८४)
रमेश लेखक (७९)
शंकर भण्डारी (७८)
सुजाता कोइराला (७८)
प्रकाश शरण महत (७७)
मिनेन्द्र रिजाल (७७)
गोपाल मान श्रेष्ठ (७६)
नारायण खडका (७५)
राम शरण महत (७४)
विश्वप्रकाश शर्मा (७४)
बल बहादुर के.सी (७३)
ज्ञानेन्द्र बहादुर कार्की (७३)
एनपी साउद (७१)
चन्द्र भण्डारी (७१)
धनराज गुरुङ्ग (७०)
उदय शम्शेर राणा (६८)

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ