arrow

सिरुपाते खुकुरी बोकेर आए कृष्ण समीप (भीडीयो सहित)

पश्चिमेली लोकलयलाई पूर्वेली भाकामा सजाएर नयाँ गीत ‘सिरुपाते खुकुरी’

logo
प्रकाशित २०७५ माघ २८ सोमबार
krishna-samip-sirupate-khukuri.jpg

काठमाडौं । गायक, रचनाकार तथा रेडियोकर्मी कृष्ण समिप सुवेदीले पश्चिमेली लोकलयलाई पूर्वेली भाकामा सजाएर नयाँ गीत ‘सिरुपाते खुकुरी’ सार्वजनिक गरेका छन् । 

सुवेदीकै उत्कृष्ट लय तथा शब्द सिर्जना रहेको गीतमा सिरुपाते खुकुरी प्रेमी–प्रमिका मायाको उपहारका रुपमा आदनप्रदान गर्न प्रेरित गरिएको छ । गीतले माया प्रेम र देशप्रेमलाई उच्च सम्मान दिइएको छ।

गीतमा सुवेदीलाई आवाजमा एनके खत्री र मनिषा पोख्रेलले साथ दिएका छन् । गीतको म्युजिक भिडियोको निर्देशन दिपेन्द्र तिमिल्सीनाले गरेका छन् भने दिपेन्द्र,एनके खत्री र रेनु लामाको अभिनय रहेको छ । गीतमा पश्चिमेली र पूर्वेली लोकभाकाको संयोजन सुन्न र देख्न पाइन्छ ।

पश्चिमेली लयमा पूर्वको चण्डी धुनलाई रोमान्टिक रुपमा प्रश्तुत गरिएको छ । गीतमा नालापानीदेखि कालापानीसम्म र टिस्टादेखि काँगडासम्म लडेका वीर नेपालीले प्रयोग गरेको सिरुपाते खुकुरीको चर्चा गरिएको छ।

आफ्नै युट्यूब च्यानलबाट सार्वजनिक भएको म्यूजिक भिडियोमा पूर्व र पश्चिमको गीत संगीतलाई एकशुत्रमा बाँध्ने प्रयास गरिएको गायक कृष्ण समिप सुवेदीले जानकारी दिए ।

१० वटा एल्बम र २ सय ५० बढी गीतमा आफ्नो स्वर तथा सृजना दिईसकेका कृष्ण २०६० सालमै रेडियो नेपालमा स्वर परीक्षा पास गरेर संगीतयात्राको थालनी गरेका हुन् । 

सुवेदीको केही समयअघि मात्रै नायक दिलिप रायमाझीको अभिनय सहित तरकारी काउली बोलको गीत सार्वजनिक भएको थियो । उनका गीतहरुमा भूगोल, माया प्रेम र राष्ट्रप्रेमलाई स्थान दिने गरिएको छ।

‘सिरसिर बतास’, ‘कोरियाको चक्कर’, ‘सालको पात दोब्राएर , ‘जोर बत्ती पालैमा’, ‘सिमली छायाले, ‘मनको तीर्खा मेट्न’मेरो कल्पनामा आउने,डाले घाँस निगाली, सुन्तलाको बोटमा काकरीको झाल आदी उनका चल्तीका गीत हुन । लोक पप तथा आधुनिक सबै गीत गाउन सक्ने उनी सास्त्रीय सङ्गीतका बिधार्थी समेत हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ