arrow

९० खर्बका मालिक वारेन बफेटले अहिलेसम्म गरे ३५ खर्बको दान

logo
प्रकाशित २०७५ माघ २८ सोमबार
waren-buffet.JPG

काठमाडौं । संसारको तेस्रो सबैभन्दा धनि व्यक्ति वारेन बफेटलाई विश्वको सबैभन्दा ठूलो दाता पनि भनिन्छ । करिब ९० खर्ब ८ अर्ब सम्पत्तिको मालिक ८८ बर्षीय वारेन बफेटले अहिलेसम्म कुल ३१ बिलियन अर्थात ३५ खर्ब ११ अर्बको दान गरेका छन् ।

 हालै उनले बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेशन लगायतका  कुल पाँच सामाजिक संस्थाहरुमा ३.४ बिलियन (३ खर्ब ८५ अर्ब रुपैयाँ) दान गरेका थिए । वारेन बफेट एक सरल जीवनमा बाँचिरहेका छन्। उनले ईमेल समेत प्रयोग नगर्ने बताइन्छ । उनले आफ्नो सम्पूर्ण जिन्दगीमा अहिलेसम्म एकै इमेल मात्र पठाएका छन् । मिडिया रिपोर्टका अनुसार, वारेन बफेटसँग अझै पनि नोकियाबाट पुरानो फ्लिप फोन छ, जुन उनले प्रयोग गर्दछन्।

वारेन बफेट अझै पनि उनको पुरानो घरमा बस्ने गरेको बताइन्छ। जुन उनले १९५२ मा ३१ हजार ५०० डलरमा किनेका थिए  । सन् २०१३ मा वारेन बफेटले एक अन्तरवार्ताको दौरान २० देखि २५ वर्ष सम्मसम्म कुनै बस्तुको प्रयोग नगरेसम्म त्यो बस्तुलाई नत्याग्ने बताएका थिए ।

वारेन बफेट सामाजिक सञ्जालको पनि ज्याद प्रयोग गर्दैनन्। उनले २०१३ मा आफ्नो आधिकारिक ट्विटर खाता खोलेको थियो । तर उनले अहिलेसम्म ९ बटा मात्र ट्वीट गरेका छन् । उनको अन्तिम ट्वीटर २०१६ मा गरेका थिए । वारेन बफेटको बारेमा भनिएको छ कि यदि कसैलाई धनी मन भए लगानीका बारे वारेन बफेटसँग सुझावहरू लिनैपर्छ, त्यसपछि मात्र सफल हुन सकिन्छ ।

बफेटलाई विश्वको सबैभन्दा ठूलो लगानीकर्ताको रुपमा मानिन्छ। बफेट बर्कशायर हथ्वे कम्पनीको सीईओ र अध्यक्ष हुन् । बफेट जेफ बेजोस र बिल गेट्सपछि संसारको तेस्रो सबैभन्दा धनि व्यक्ति हुन् । आईफोन निर्माता कम्पनी एप्पलमा वारेन बफेटको २.५ प्रतिशत शेयर रहेको छ । तर पनि उनि  एप्पलको कुनै पनि स्मार्टफोन प्रयोग गर्दैनन्।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ