तालुखुईले बढी सेक्सी !

प्रकाशित मिति : २०७२ फाल्गुण २७ बिहिबार
एजेन्सी। तालुखुईलिने अर्थात् टाउकोको कपाल झर्ने समस्याबाट विश्वका कयौं पुरुष दुःखी छन्, हुँदै आएका छन् । तर, टाउकोबाट कपाल झर्ने (तालुखुईले) मानिस अन्यको तुलनामा ज्यादा सेक्सी हुने देखिएको छ । कामोत्तेजना बढाउने हार्मोन ‘टेस्टोसटेरोन’ले मानिसको कपाल झार्ने काम गर्ने तथ्य खुलेको बीबीसीले जनाएको छ । अर्थात् जो मानिस तालुखुईले हुन्छन्, तिनमा कामोत्तेजना अधिक हुन्छ । यसको उदाहरणका लागि चर्चित अन्तर्राष्ट्रिय फिल्म अभिनेता ब्रुस, टेनिस सुपरस्टार आन्द्रे आगासी र बास्केटबलका खेलाडी माइकल जोर्डन नै काफी भएको बीबीसीको समाचारमा जनाइएको छ । यी तिनै जना मनोरञ्जनमा माहिर छन्।
 
युवतीहरुमा यिनीहरुको क्रेज गज्जबको रहेको छ । त्यस्तै यी तिनै हस्तीका महिला प्रंशसकको संख्या अत्यधिक छ भने यी तिनै तालुखुईले पनि हुन् । एक बैज्ञानिकहरुले गरेको शोधले देखाएको छ कि टेस्टोस्टेरोन हर्मोनले जहाँ कामोत्तेजना बढाउने काम गर्छ गर्छ भने अर्कोतर्फ मानिसलाई तालुखुईले पनि बनाउने जनाइएको छ ।
 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ