arrow

स्थानीय निर्वाचन नहुँदा राजनितीक दल र कर्मचारीको मिलेमतोमा भ्रष्टचार : राज्यमन्त्री शाही

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७२ फागुन २७ बिहिबार
kunti-shahi.JPG.jpeg
पाँचथर । स्थानिय विकाश राज्यमन्त्री तथा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालकी केन्द्रीय अध्यक्ष कुन्ती शाहीले अव चाँडै स्थानीय निकायको निर्वाचन हुने बताएकी छन् । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन पाँचथरको दोस्रो जिल्ला अधिवेशनको विहिबार विहान सदरमुकाम फिदिममा उद्घाटन गर्दे शाहीले सरकारले यसबारे तयारी गरिरहेकोले चाँडै स्थानीय निकायको निर्वाचन हुने बताएकी हुन् । 
 
र।ज्यमन्त्री शाहीले लामो समय देखि स्थानिय निकायको निर्वाचन नहुँदा देशमा भ्रष्टाचार मौलाएको बताउँदै भ्रष्टाचार रोक्न लाग्नुपर्ने बताए । अहिले राजनितीक दल र कर्मचारीनै मिलेर भ्रष्टाचार गरको आरोप लगाउँदै राज्यमन्त्री शाहीले भ्रष्टचार र कालोबजारी रोक्न सरकार, राजनितीक दल तथा राज्यको संयन्त्र लाग्नुपर्ने बताए । 
 
यस्तै, शाहीले लक्षित क्षेत्रमा छुटिएको वजेट सोही क्षेत्रमा खर्च नगरी अन्यन्त्र क्षेत्रमा खर्च गर्ने गरेको बताउँदै सोही क्षेत्रमा खर्च गर्नुपर्ने उल्लेख गरे । महिलाको सामाजिक र आर्थिक विकास भए मात्रै सक्षम र सबल बन्ने मन्त्री शाहीको भनाई छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ