arrow

महिनावारी रोकिएको चार वर्षपछि टेष्ट ट्युवबाट ५४ वर्षेले जन्माइन् नेपालमै जुम्ल्याहा बच्चा 

logo
प्रकाशित २०७५ माघ २९ मंगलबार
test-tube-twin.jpg

काठमाडौँ । नेपालमा पहिलो पटक ५४ वर्षको उमेरमा एक महिलाले टेष्टट्युब बेवी प्रविधिबाट जुम्ल्याहा बच्चा जन्माएकी छन् । अचम्म त के भने उनको ५० वर्षको उमेरमा महिनावारी रोकिएको थियो । 

तर महिनावारी रोकिएको ४ बर्षपछि बच्चा जन्माएर विज्ञानले चमत्कार गरेको छ । ललितपुरस्थित अल्का अस्पतालमा आइतबार राति उनले जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् । 

दुवै बच्चा र आमाको स्वास्थ्य सामान्य रहेको अस्प्तालले जनाएको छ । अल्का टेष्ट ट्युव बेवी प्रकृया विशेषज्ञ डा नुतन शर्माले खुसी हुँदै ‘महिनावारी सुकेको महिलालाई समेत हामी आमा बनाउन सफल भयौं’ भनेकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ