arrow

प्रहरीको पोशाकबाट खल्ती हटाउने हल्ला

logo
प्रकाशित २०७५ माघ २९ मंगलबार
keneya-police.jpeg

एजेन्सी। केन्या सरकारका अधाकरीहरुबीच केन्या प्रहरीको लुगामा खल्ती नराख्ने भन्ने छलफल भएको हल्ला चलेको छ । राष्ट्रपती कनेयाटाको भ्रष्टाचार बिरोधी अभियानलाई सर्थक पार्न उनका समर्थकहरुले सो हल्ला चलाएको हुनसक्ने बताइएको छ । केन्यामा प्रहरी सबै भन्दा भ्रष्ट रहेको सर्वसाधारणले गुनासो गर्दै आएका छन् ।  
 
नयाँ प्रस्तावित प्रहरी पोशाकमा खल्ती नभएपछि प्रहरीले घुसको रकम राख्ने ठाउँ नहुने र घुस खाने कम बन्द हुने बिश्वास गरिएको छ। यदी यो प्रस्ताव लागु भएमा प्रहरीले घुस लिएर जम्मा गर्न सक्दैनन् र भ्ररष्टाचार कम हुने बिश्वास गरिएको छ।

प्रहरीले भने  पोशाकमा खल्ती नहुँदा राम्रो नदेखिने र आफ्ना नियमित सरसामानहरु राख्न अफठ्यारो पर्ने तर्क गरेको छ। प्रहरीलाई यस्तो स्विकार्य नहुने बताईएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ