arrow

न्युटनदेखी आइस्टाइनसम्म, को को हुन् संसारकै बुद्धिमान ७ मानिस ?

logo
प्रकाशित २०७५ माघ २९ मंगलबार
einstein-on-newton.jpg

काठमाडौं । प्रविधिले अहिलेको विश्वलाई धेरै कुराहरु दिएको छ । प्रविधिविना मानिसहरु अहिले कदम पनि बढाउन नसक्ने अवस्थामा पुगिसकेका छन् । यस्तो यी प्रविधिहरु ल्याउनका लागि दिमाग खियाउने स्मार्ट व्यक्तिहरुको खोजी गर्ने क्रममा अमेरिकी इलेक्ट्रोकेमिकल थिम्सले बुद्धिमान सात जना मानिसहरुको सूची तयार पारेको छ । अनौठो कुरा के छ भने यो सूचीमा आधुनिक युगमा एकजनाको पनि नाम छैन ।

१. जोहान गीथ (१७४९–१८३२)
स्मार्ट मानिसहरुको सूचीको शीर्षस्थानमा जोहान गीथको नाम रहेको छ । यी व्यक्तिलाई उनको जमानाको गुगलको रुपमा मानिने गरिएको छ । उनी जर्मन लेखक थिए । उनले धेरै क्षेत्रहरुमा काम गरेका थिए । उनले कथा, कविता, स्मृति, अटोबायोग्रोफीजस्ता क्षेत्रमा उनले कलम चलाएका थिए । उनी जति राम्रो लेखक थिए उति नै राम्रो चित्रकार पनि थिए ।

२. अल्बर्ट आइस्टाइन (१८७९–१९५५)
आइस्टाइनको बारेमा त धेरैले पढेको हुनुपर्छ । भौतिकशास्त्रको बारेमा उनले तौल र ऊर्जाबीचको सम्बन्ध पत्ता लगाएका थिए । उनको उक्त सूत्रको माध्यमबाट अणुबम बनेको थियो । स्मार्ट मानिसहरुको सूचीमा उनी दोस्रो स्थानमा छन् ।

३. लियोनार्दो दा भिञ्ची (१४५२–१५१९)
भिञ्ची इटालीका महान चित्रकार, मूर्तिकार, वास्तुशिल्पी, म्युजिसियन, इन्जिनियर तथा वैज्ञानिक थिए । यति धेरै विधामा प्रखर हुनुले उनतको दिमागबारे अनुमान लगाउन सकिन्छ । जसको कारण उनी विश्वको सबैभन्दा स्मार्ट मानिसहरुको सूचीमा तेस्रो स्थानमा रहेका छन् ।

४. आइज्याक न्युटन (१६४३–१७२७)
न्युटन इतिहासका सबैभन्दा प्रभावशाली वैज्ञानिक हुन् । उनले सिद्धान्तको खोज, भौतिकका साथै गणित तथा अन्तरिक्षको पनि अध्ययन तथा अनुसन्धान गरेका थिए । उनका सिद्धान्तहरु विज्ञानका लागि निकै महत्वपूर्ण मानिन्छन् ।

५. जेम्स क्लर्क म्याक्सवेल (१८३१–१८७९)
स्कटल्याण्डका महान गणितज्ञ तथा वैज्ञानिक म्याक्सवेलले चुम्बकीय सिद्धान्त दिएका थिए । जसको आधारमा रेडियो र टेलिभिजन आविष्कार भएको थियो ।

६. रुडोल्फ क्लोसिस (१८२२–१८८८)
जर्मनीका भौतिकशास्त्री तथा गणितज्ञले थर्मोडाइनामिक्सको अवधारणा दिएका थिए ।

७. निकोलस कोपरनिकस (१४७३–१५४३)
निकोलस कोपरनिकास युरोपका महान खगोलशास्त्री तथा गणितज्ञ थिए । उनले पृथ्वी अन्तरिक्षको केन्द्रमा नरहेको बताएका थिए । यसअघि अस्तुको अवधारणाअनुसार मानिसहरु पृथ्वी अन्तरिक्षको केन्द्रमा रहेको विश्वास गरिँदै आएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ