arrow

धनुषामा स्वास्थ्य बीमा कार्यक्रम सुरु

logo
राखी साह,
प्रकाशित २०७५ माघ २९ मंगलबार
dhanusa1.jpg

जनकपुरधाम । धनुषा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ भएको छ । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य बीमा सदस्यता वितरण गरेर कार्यक्रमको शुभारम्भ गरेका छन ।

कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री यादवले आर्थिक अभावका कारण उपचारबाट कोही बंचित हुनुनपरोस् भन्ने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रम ल्याएको बताए । मंगलबार जनकपुरमा एक कार्यक्रम बिच स्वास्थ्य बीमा बारे जनमानसमा रहेको भ्रम हटाउनमा सहयोगको लागि संचारकर्मीहरुलाई आग्रह गरे ।

पाँच जना सदस्य रहेको परिवारले दुई हजार पाँच सय रुपैयाँ प्रिमियर बुझाएर स्वास्थ्य बीमा गराउन सक्ने भएको छ । बीमा गराएको परिवारले वर्षमा पचास हजार बराबरको स्वास्थ्य जाँच, औषधी, उपचार लगायतको सुविधा लिन सक्ने छन् ।
सो अवसरमा पप्रदेश नम्बर दुई का मुख्यमन्त्री मोहम्मद  लालबाबु राउतले आर्थिक अवस्था कमजोर रहेको परिवारको लागि स्वास्थ्य बीमा कार्यक्रम उपयोगी हुने तर्क राखे का छन ।

प्रदेश नम्बर दुईको जिल्लाहरुमा लागु हुन लागेको स्वास्थ्य बीमा कार्यक्रमले यहाँको जनता लाभान्वित हुने मुख्यमन्त्री राउतले विश्वास व्यक्त  गरे । जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह र पुर्व राज्यमन्त्री रामसिंह यादवलाई स्वास्थ्य बीमा सदस्यता वितरण गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ