arrow

एसइई परीक्षालाई मर्यादित बनाउन निर्देशन

logo
प्रकाशित २०७५ माघ २९ मंगलबार
see.jpg

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिएका छन् ।

मन्त्रालयमा परीक्षाको तयारीका सन्र्दभमा आज विभिन्न सरोकारवाला निकायसँगको छलफलमा उनले परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिएको मन्त्रीका स्वकीय सचिव सुनिल खड्काले जानकारी दिए।

उनका अनुसार मन्त्री पोखरेलले एसइईको प्रश्नपत्र तयारी र छपाइ, परीक्षा केन्द्रको अवस्था र आवश्यक सुरक्षाको तयारीको जानकारीसमेत लिएका थिए। परीक्षा भयरहित र व्यवस्थित हुनुपर्ने भन्दै मन्त्री पोखरेलले प्रश्नपत्र तयारी गर्दा र परीक्षा केन्द्र तोक्दा विशेष ध्यान दिनुपर्ने बताए ।

बैठकमा प्रश्नपत्र छपाइ कार्यस्थल व्यवस्थापन तथा अनुगमन समिति गठन गर्ने, सुरक्षाकर्मी खटाउने र प्रश्नपत्र ढुवानी तथा भण्डारण समन्वय गर्ने सम्बन्धमा छलफल भएको थियो । मन्त्रालयका सचिव खगराज बरालले यस वर्ष कूल एक हजार ९६१ वटा परीक्षा केन्द्र कायम गरिएको जानकारी गराए ।

 उनले यस वर्ष प्रदेशगतरुपमा अनिवार्य छ विषयको समानान्तर समूहबाट परीक्षा सञ्चालन गर्ने तयारी गरिएको बताए । उनका अनुसार उत्तरपुस्तिका परीक्षणका लागि करीब ६२ वटा उपपरीक्षण केन्द्र कायम गर्ने गरिएको छ । यस वर्षको एसइई परीक्षा चैत १० गतेदेखि शुरु हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ