arrow

एकैपटक आठको डायलासिस

logo
प्रकाशित २०७५ माघ २९ मंगलबार
kidney-dialysis1.jpeg

लमही । यसअघि छ जनाको डायलासिस गर्दै आएको दाङको राप्ती प्रादेशिक अस्पतालले अब आठको डायलासिस गराउने भएको छ ।

यसअघि तीनसत्र मात्रै डायलासिस गराउने गरेको उक्त अस्पतालले एकसत्र थपेर चारसत्र बनाएको छ । सो सत्रबाट थप दुईलाई सेवा दिइरहेको अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा सर्वेश शर्माले बताए । 

अहिले दुई मात्रै डायलासिस यन्त्र भएकाले धेरै बिरामीलाई सेवा दिन कठिन भए पनि उपलब्ध स्रोत साधनलाई प्रयोग गरेर धेरै बिरामीलाई सेवा दिने प्रयत्न गरेको उनले जानकारी दिए। धेरै बिरामीलाई सेवा दिनका लागि अस्पतालले थप तीन यन्त्र खरीद गर्ने योजना बनाएकोसमेत डा शर्माले बताए ।

डायलासिसका लागि एक जना विशेषज्ञ र चार जना स्टाफ नर्स कार्यरत छन् । लामो प्रयासपछि एक वर्षअघि सो अस्पतालमा डायलासिस सेवा शुरु भएको हो । डायलासिस सेवा शुरु भएपछि यस क्षेत्रका क्यान्सरपीडित बुटवल, नेपालगञ्ज, काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ