arrow

गोविन्दाको एक थप्पड : ९ वर्षपछि ५ लाख र माफि

logo
प्रकाशित २०७५ फागुन १ बुधबार
govinda-santosh.jpg

एजेन्सी । बलिउड अभिनेता गोविन्दाले ९ बर्ष पछि एक व्याक्तिसँग माफी माग्दै ५ लाख तिरे। उनले चलचित्र 'मनि हे तो हनी हे' को सुटिङको क्रममा १६ जनवरी २००८ मा एक व्याक्तिलाई थप्पड हानेका थिए । सोको लागि गोविन्दाले  सर्वोच्च अदालतमा माफीनामा दाखिल गरेका थिए। जसलाई अदालतले मन्जुरि दिएको थियो । गोविन्दाले सन्तोष राय नाम गरेका व्याक्तिलाई सन् २००८ मा थप्पड हानेका थिए ।

सर्वोच्च अदालतको निर्णय अनुसार गोविन्दाले सन्तोषसँग माफी माग्नुका साथै उनलाई  ५ लाख रुपैया हर्जाना पनि दिए ।  सुनवाईमा अदालतले दुवै पक्षलाई दुई हप्ता भित्र आपसमा समझौता गर्न र कोर्टलाई सो बारे  अवगत गराउन आदेश दिएको थियो  ।

अदालतले गोविन्दासँग प्रश्न गरेको थियो, तपाई हिरो भएर अरुलाई थप्पड किन हिर्काउनु हुन्छ? अदालतले वहसका क्रममा गोविन्दालाई रिल लाइफ र रियल लाइफको अन्तर छुट्याउन आग्रह गरेको थियो। ‘ठूलो हिरो हुनुहुन्छ। ठूलो हृदय पनि देखाउनु होस’, अदालतमा वहसका क्रममा यस्तो प्रतिक्रिया पाएपछि गोविन्दाको हृदय पग्लिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ