arrow

अजय देवगनका यस्ता तस्विर जो चाहँदैनन् कसैलाई देखाउन

logo
प्रकाशित २०७५ फागुन १ बुधबार
ajaya1.jpg

एजेन्सी । बलिउड अभिनेता अजय देवगनले सन् १९९१ मा चलचित्र 'फूल और काँटे' बाट बलिउडमा डेब्यू गरेका हुन् । अजय देवगनलाई धेरै दर्शकले अभिनेताका रूपमा मात्र याद गर्छन् तर उनी निर्माता र वितरक पनि हुन् । फूल और काँटेमा दुइटा मोटरसाइकलमा खुट्टा राखेर पर्दामा इन्ट्री गर्नुअघि एक्सन डाइरेक्टर बिरु देवगनका यी छोराको नाम विशाल देवगन थियो ।  फिल्म निर्देशक बन्ने धुनमा रहेका उनले शेखर कपुरजस्ता प्रसिद्ध निर्देशकको सहायक भएर काम पनि गरिसकेका थिए ।

कुनै बेला हिरो हुन पञ्जाबबाट भागेर आएका पिताको सपना साकार पार्नका लागि उनी हिरो बन्न तयार भए । पिताका लागि कालो वर्ण र बिग्रिएको दाँत भएका अजय हिरो बन्न अघि सरे । उनको पहिलो फिल्म नै सुपरहिट भयो । यश चोपडाले बनाएको अनिल कपुर, श्रीदेवी अभिनित लम्हेजस्तो ठूलो फिल्मसँग एकै दिन फूल और काँटे रिलिज भएको थियो । लम्हे डुब्यो, फूल और काँटे सुपरहिट भयो । उनको सुरुवाति तस्विरमा उनको  रुप निकै अजीब लाग्न सक्छ । एक प्रसंगमा अजयले आफ्ना पुराना  तस्विर आफैलाई मन नपर्ने बताएका थिए । 

त्यसको दुई वर्षपछि तिनै यश चोपडको डरमा भिलेनको भूमिका अजयलाई अफर गरेका थिए । अजयले अस्वीकार गरेपछि त्यो भूमिकामा शाहरुख खानले पाए। सानुछदा अजयलाई माया गरेर राजू भनिन्यो । अजय देवगन १६ बर्षको हुदाँ पहिलो चलचित्र रिलिज भएको हो । चलचित्रको नाम 'प्यारी बहना' थियो । १९८५ मा उनले चलचित्रमा मिथुन चक्रवर्तीको बाल्यकालको भुमिकामा अभिनय गरेका थिए।

अजय  र काजोलको प्रेम चलचित्र  'हलचल' को सेटबाट सुरु भएको थियो । पहिले भेटको क्रम देखि नै अजय देवगन लुकि छिपि काजोललाई हेर्ने गर्दथिए।  काजोलले एक अन्तर्वार्तामा सो समय उनलाई अजयसँग कसरी काम गर्ने भन्ने लागेको बताएकी थिइन् । दुवैले 'इश्क' , 'प्यार तो होना ही था' , 'दिल क्या करे' , 'राजू चाचा' र 'यू मी और हम'  जस्ता सफल चलचित्रमासँगै काम गरेका छन्। अजय र काजोललाई बलिउडकै राम्रो जोडी मध्ये मानिन्छ । उनिहरु सन् १९९९ मा विवाह गरेका थिए। यिनका दुई सन्तान छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ