arrow

हाम्रो नेपाली किबोर्डले ल्यायो प्रेम अभिव्यक्त गर्ने नेपाली स्टिकर

हाम्रो नेपाली किबोर्डले पुरा गर्यो ५० लाख डाउनलोड

logo
प्रकाशित २०७५ फागुन १ बुधबार
valentines-day-sticker-banner.jpg

काठमाडौं। सर्वाधिक डाउनलोड भएको एप हाम्रो पात्रो ग्रुपले नै निकालेको नेपाली किबोर्डले प्रेम दिवशको अवसरमा प्रेम साटासाट गर्न नेपाली स्टिकर सार्वजनिक गरेको छ। आफ्ना प्रयोगकर्तालाई माया, सद्भाव,  तथा अपनत्व ग्रहण गरेको भन्दै हाम्रो पात्रो परिवारले शुभकामना समेत ब्यक्त गरेको छ।

हाम्रो नेपाली किबोर्डले ५० लाख डाउनलोड भएको जनाएको छ। हाम्रो नेपाली किबोर्डले नयाँ स्वरुप, स्टिकर, इमोजी सहितको अघिल्लो संस्करण अझ परिस्कृत गर्दै लगेको छ। पछिल्लो अपडेटमा यहाँहरुको मायाको असर यस्तो रह्यो की अब हाम्रो नेपाली किबोर्ड नेपालमा सर्वाधिक ५० लाख डाउनलोड भएको अर्को नेपाली एप बन्न समेत सफल भएको जनाएको छ।

यस अघि सन् २०१८ को नोभेम्बरमा हाम्रो पात्रोले ५० लाख डाउनलोड भएको नेपालको पहिलो एपको आंकडा चुम्न सफल भएको थियो। यहाँहरुले हाम्रा हरेक एप तथा एपका फिचरलाई प्रयोग गरीदिएर अभिव्यक्त गरेको माया तथा दिंदै आउनुभएको सुझाव तथा प्रतिक्रियाहरु यसरी नै निरन्तर पाइरहने अपेक्षा हाम्रो पात्रो टिमले गरेको छ। 

उसले भनेको छ, नयाँ वर्ष २०१९ को अवसरमा हामीले पहिलो पटक, नेपाली स्टिकरहरु समावेश गरिएको हाम्रो नेपाली किबोर्ड सार्वजनिक गरेका थियौं। प्रेमका लागि प्रख्यात महिना फेब्रुअरीलाई कसरी बिर्षन सकिन्थ्यो। प्रेम दिवस भ्लालेन्टाइनको यो विशेष महिनामा यहाँहरुका प्रेमील गफहरुमा, सन्देशहरुमा तथा आफ्ना आफन्त, विशेष कोही, प्रियजनहरुलाई तपाईंको माया, प्रेम अभिव्यक्त गर्न कुनै कसर बाँकी नरहोस भनी विभिन्न मायालु सन्देशसहितका नयाँ स्टिकरहरु थपेको बताइएको छ।

तपाईंले शब्दबाट अभिव्यक्त गर्न नसकेका कुराहरु हाम्रो स्टिकरमा समावेश विभिन्न प्यारा नेपाली पात्र तथा सिम्बोलअंकित स्टिकरहरुले सजिलै अभिव्यक्त गरीदिनेछन्। थपिएका नया स्टिकरमा कान्छा, कान्छि, बौचा व मैचा, नक्कली, मुनु र मिमि तथा प्रेमका अन्य चल्तिका शब्द समेटिएको बताइएको छ। यसका साथै हाम्रो पात्रोमा समेत प्रेमदिवस विशेष इकार्डहरु समेत उपलब्ध हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ