arrow

समावेशी मुस्लिममा फर्मुल्लाह मन्सुर कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

logo
प्रकाशित २०७२ फागुन २७ बिहिबार
Farmullah-Mansur.jpg.jpeg
काठमाडौं । कांग्रेसको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा मुस्लिम आरक्षणतर्फको १ जना केन्द्रीय सदस्यमा फर्मुल्लाह मन्सुर विजयी भएका छन् । विहिबार भएको मतगणनामा मन्सुर नेपाली कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । समावेशी मुस्लिमतर्फ मन्सुर एक हजार २ सय २६मत ल्याएर  विजयी भए ।
 
मन्सुरका निकटतम प्रतिद्वन्द्वी मोहम्मद आफताव आलमले एक हजार ४४ मत पाए । मुस्लिम १ सिटका लागि ६ जनाबीच प्रतिस्पर्धा भएको थियो । अब्दुल सतार ४६०, अहमद मिया हुसेन १०४, अरुण मानव४८ र हारुण रसिदले ४३ मत पाए । बाराका मन्सुर यसअघि पनि केन्द्रीय सदस्य थिए । १३ औं महाविशेनबाट केन्द्रीय सदस्य घोषणा हुने मन्सुर पहिलो सदस्य बनेका छन् ।  उनी व्यवस्थापिका संसद सदस्य समेत छन् ।
 
महाधिवेशनको उम्मेद्वारी घोषणाका क्रममा रामचन्द्र पौडेलले आफुलाई कोषाध्यक्ष बनाउने भनिएकामा नबनाएपछि आफुले शेरबहादुर देउवालाई समर्थन गरको घोषणा गरेका थिए । उनले पत्रकार सम्मेलन गरेर देउवालाई सघाउने घोषणा गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ