arrow

टि–२० विश्वकप क्रिकेट : जिम्बावेको लगातार दोस्रो जित, स्कटल्याण्ड ११ रनले स्तब्ध

logo
प्रकाशित २०७२ फागुन २७ बिहिबार
seean-new-pic.jpg.jpeg
एजेन्सी । भारतमा जारी आइसीसी टि–२० विश्वकप क्रिकेटमा जिम्बावेले लगातार दोस्रो जित निकालेको छ । विश्वकप पहिलोचरण अन्तर्गत समूह ‘बी’ को खेलमा जिम्बावेले लगातार दोस्रो जित निकाल्दै अघिल्लो चरण प्रवेशको यात्रा बलियो बनाएको छ । नागपुरमा भएको खेलमा जिम्बावेले स्कटल्याण्डविरुद्ध ११ रनको रोमान्चक जित निकाल्यो । टस जितेर पहिले व्याटिङ गरेको जिम्बावेले दिएको १ सय ४८ रनको चुनौती पछ्याएको स्कटल्याण्ड अन्तिम २ बल बाँकी छँदा अलआउट हुँदै एक सय ३६ रनमै समेटिएपछि जिम्बावे विजयी भएको हो ।
 
स्कटल्याण्डका लागि रिची ब्यारिंगटनले ३६ तथा कप्तान प्रेस्टन मोमसेन ३१ रन बनाए । जोश डेवीले २४ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक स्कोर गर्न सकेनन् । स्कटल्याण्डको व्याटिङ ध्वस्त पार्न जिम्बावेका वेलिंगटन मसाकाजाले ४ विकेट चट्काए । यसअघि जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ४७ रन बनाएको थियो ।
 
सेन विलियम्सले चौथो विकेटका लागि बनाएको ५३ रन नै जिम्बावेलाई जिताउन पर्याप्त बन्यो । मसाकाजा एक्लैले ४ विकेट लिएपछि जिम्बावेलाई ११ रनको जित निकाल्न निकै सहज भयो । जितसंगै जिम्बावेले २ अंक बटुलेको छ । यसअघि, नागपुरमै भएको उद्घाटन खेलमा जिम्बावेले हङकङविरुद्ध १४ रनको जित निकालेको थियो ।



नयाँ