arrow

ओस्कर बिजेता लियोनार्डोका छुटाउन नहुने ७ चलचित्र

logo
प्रकाशित २०७५ फागुन २ बिहिबार
dicaprio.jpg

काठमाडौ । हलिउड अभिनेता लियोनार्डो डिक्याप्रियोले संसारकै सबभन्दा ठूलो फिल्म अवार्ड मानिने ओस्करमा चलचित्र ‘दि रेभेनान्ट’ बाट उत्कृष्ट अभिनेताको ओस्कर जिति सकेका छन् । सन् १९९४ मा हलिउड अभिनेता लियोनार्दो डी क्याप्रियो १९ वर्षको छँदा ‘ह्वाट्स इटिङ गिल्बर्ट ग्रेप’बाट उत्कृष्ट अभिनेताका लागि ओस्कार मनोनयनमा परेका थिए । त्यसपछि उनी पाँच पटकसम्म मनोनयनमा परे । तर ओस्कार हात परेन । अमेरिकाको लस एन्जल्समा ८८ औं ओस्कर अवार्ड समारोहमा हलिउड सुपरस्टार डिक्याप्रियोले आफ्नो पहिलो ओस्कर अवार्ड जितेका हुन्न् ।

१. दि रेभेनान्ट

छैठौं पटकमा ‘द रेभेनेन्ट’ बाट परेको मनोनयन भने सार्थक रह्यो, उनले पहिलोपटक ओस्कार अवार्ड चुमे ।ओस्कार अवार्ड पाउनु सामान्य  कुरा होइन  ।  'टाइटेनिक' का चकलेटी हीरोवाट ‘रेभेनेन्ट’को  शिकारी सम्मको भुमिका  लियोनार्डो फिल्मि यात्रा इतिहासमै सफल छ ।

२. द वुल्फ अफ वाल स्ट्रीट
 
सन् २०१३ मा रिलिज भएको चलचित्र वाल स्ट्रीटको एक बद्मास शेयर ब्रोकरको भुमिका निर्वाह गरेर लियोनार्दोको अभिनय साचै सम्झन लायकको छ । चलचित्रमा नकारात्मक भुमिका जसमा लियोनार्दो नशाका अमलीका  र मान्छेलाई मुर्ख बनाएर पैसा कमाउने अभियानमारुपमा छन्  । समसामयिक विषयमा बनेको यस चलचित्रले निकै राम्रो कमाई गरेको थियो । सन् २०१४ मा नोमिनेशन मा परेका लियोनार्दोले खाली हात चित्त बुझाउनु परेको थियो ।
 
३. इनशेप्शन
 
सन् २०१० मा रिलिज  क्रिस्टोफर नोलानको यस चलचित्रमा लियोनार्दोले सपनालाई पछ्याउदै  चोरी गर्ने भुमिका निर्वाह गरेका छन् । सपनाको तिन भागको कथा चाखलाग्दो रहेको छ ।   यस चलचित्रले अवार्ड पायो तर  लियोनार्दोले भने नामै मात्र ।
 
४. ब्लड डायमण्ड
 
सन् २००६ मा रिलिज भएको चलचित्रमा लियोनार्दोले हिराको तस्करको भुमिका देखिएका छन् । एउटा गोरो सिपाही जो कालो जातीका मानिससँग मिलेर हिरा निकाल्छ र बिक्री गर्छ । अन्त्यमा उसको मृत्यु हुन्छ ।ब्लड डायमण्डमा पनि  लियोनार्डो अस्कर अवार्डमा मनोनयनमा परेका थिए तर अवार्ड पाएनन् ।
 
५ .द एभिएटर
 
सन् २००४ मा रिलिज भएको फिल्म द एभिएटर समसामयिक कथामा आधारित रहेको छ । यस फिल्ममा लियोनार्दो मुख्य भुमिकामा छन् । उनी यस चलचित्रमा  उद्योगपतिको भुमिकामा छन् जसले उद्योग स्थापना गर्न सफल त हुन्छन् तर अन्तमा पागलपनको शिकार । एक ब्यक्ति जसले उघोग  बदल्नेको श्रेय जान्छ । मुख्य अभिनेताको मनोनयनमा परेका लियोनार्दोले ओस्कार भने पाउन सकेनन् ।
 
६. ग्याङ अफ न्यूयोर्क
 
सन् २००२ मा रिलिज भएको चलचित्र अमेरिकाको ग्याङ वारमा आधारित रहेको छ ।  यस फिल्ममा लियोनार्दोर्को भुमिका छोटो र प्रभावकारी थियो  । चलचित्र सुपरहिट भयो। यस चलचित्र १० विधामा अस्कर अवार्डमा मनोनयनमा पनि परे पनि  लियोनार्दोले खाली हातमै चित्त बुझाए । चलचित्रले वेष्ट फिल्मको अवार्ड पाएको थियो ।
 
७. टाइटैनिक
 
सन् १९१२ मा इंग्ल्याण्डको साउथ ह्म्पटनवाट अमेरिका जाँदै गरेको जहाज दुर्घटनाको कथालाई निर्देशक जेम्स क्यामरुनले पर्दामा उतारे । जुन चलचित्रमा लियोनार्दो र केट वीन्सलेटले अभिनय गरेका छन् । केटले सोही पात्रवाट ओस्कर अवार्ड पाइन् । ‘टाइटनिक’ले अरु १० विधामा अवार्ड पायो भने लियोनार्दो अवार्ड विहिन रहे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ