arrow

क्यान्सरको उपचारपछि भारत फर्किए इरफान खान, खेल्लान् त नयाँ फिल्म

logo
प्रकाशित २०७५ फागुन २ बिहिबार
Irfan-Khan.jpg

काठमाडौं । लामो समयदेखि क्यान्सरको उपचारका लागि लण्डनमा रहेका भारतीय कलाकार इरफान खान स्वदेश फर्किएका छन् । इरफान खानका एक निकट स्रोतले उनी स्वदेश फर्किएको पुष्टि गरेको हो । उनका अनुसार खान मुम्बई फर्किएका छन् । यद्यपि अहिलेसम्म यो कुराको आधिकारिकरुपमा भने पुष्टि हुन सकेको छैन ।

यसका साथै उनको नयाँ फिल्मको बारेमा पनि अनुमान शुरु भएको छ । भारतीय सञ्चारमाध्यमले उनी ‘हिन्दी मिडियम २’को शुटिङ अब छिटै नै शुरु गर्ने तयारीमा रहेको बताएका छन् । साथै केहीले भने भारतका एक अस्पतालमा उनको उपचार भइरहेको पनि बताएका छन् ।
 
हिन्दी मिडियम २ मा राधिका मदानको डेब्युको विषयमा समाचार आएको थियो । समाचारमा बताइएअनुसार यो फिल्ममा उनले इरफानकी छोरीको भूमिका निभाउनेछिन् । अहिलेसम्म यो फिल्मको शुटिङ कहिले शुरु हुने भन्ने विषयमा भने कुनै जानकारी आएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ